back
CTIZAN AD

मानिसको मूल्यमा मुनाफाको चिन्ता

वि.सं.२०७९ असार २३ बिहीवार

852 

shares

एचआईभी र एड्स सम्बन्धी संयुक्त राष्ट्रसंघ कार्यक्रम यूएनएड्सकी कार्यकारी निर्देशक विनी ब्यान्यीमाले जेनेभामा सम्पन्न विश्व व्यापार संगठन(डब्लुटीओ)को मन्त्रिस्तरीय बैठकभन्दा पहिला एक अपिल जारी गरेकी थिइन् । त्यसमा उनले भनेकी थिइन्, “यदि पेटेण्ट अधिकारलाई हटाइएन भने सारा संसारले एक अन्धकारपूर्ण भविष्यको सामना गर्नुपर्नेछ ।” एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ब्यन्मीले भनेकी थिइन्, “महामारीका बीच प्रौद्योगिकीलाई साझा तुल्याइनु एउटा जीवन मरणको प्रश्न हुन्छ । अनि हामी जीवनको होइन, मरणको चुनाव गरिरहेका छौं ।”

तर, विश्व व्यापार संगठनको गएको १७ जुनमा सम्पन्न भएको १२ औँ मन्त्रीस्तरीय बैठकमा धनी देशहरुले मानिसको मूल्यमा मुनाफाको विषयमा चिन्ता र चिन्तन गरे । उनीहरुले विश्वलाई सस्तो खोप, एण्टीभाइरल औषधी तथा रोग परीक्षण सुबिधाहरु उपलब्ध गराउने प्रायः सबैजसो सम्भावनाका ढोकाहरु बन्द गरिदिए । दक्षिण अफ्रिका–भारतको कोभिड–१९ खोप तथा औषधिहरुमाथिको पेटेण्ट अधिकार हटाउने प्रस्तावसम्बन्धि निर्णयलाई विश्व व्यापार संगठनले दुई वर्षसम्म टाल्यो र अन्ततः धनी देशहरुको क्लब जसमा अमेरिका, यूरोपेली यूनियन र यूके रहेका छन्, उनीहरुलाई यो कुरा सुनिश्चित गरिदिए कि प्याटेण्ट अधिकार छुट दिने कुनै महत्वपूर्ण कदम पारित नहोस् । यस प्रकार ठूला औषधी कम्पनीहरुको मुनाफाले अर्को एक पटक पुनः मानिसको जिन्दगी तथा स्वास्थ्यको ज्वलन्त आवश्यकतालाई हरायो या लत्याइदियो । यस्तै कुरा पहिला एड्स रोगका सम्बन्धमा पनि घटिसकेको थियो ।

सम्पन्न यो १२ औँ बैठकमा जुन तथाकथित ‘सहुलियत’ स्वीकार गरियो त्यो अनिवार्य अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने सम्बन्धमा विश्व व्यापार संगठनको दोहा सम्झौताको बहुतै दुरुह प्रकृयाहरुलाई केही सरल तुल्याउने काम त निःसन्देह गर्दछ नै तर, यसक्रममा चीन तथा भारत जस्ता देशहरुका लागि जोसँग बिनिर्माणका उल्लेखनीय किसिमले बढी सुबिधाहरु छन् यस प्रकारका अनिवार्य अनुमतिपत्रअन्तर्गत खोपको आपूर्ति गर्न कठिन तुल्याइदिएको छ । यसले गर्दा जुन देशहरुलाई खोपको अत्यन्त आवश्यकता छ तिनलाई त्यो आवश्यकताका लागि अनिवार्य लाइसेन्स पहिलाभन्दा निकै सजिलोसँग जारी गर्ने अधिकार त हुनेछ तर, यदि तिनलाई यो लाइसेन्स ती देशलाई दिने अधिकार हुनेछै्रन जोसँग सम्बन्धित विनिर्माणका सुबिधाहरु रहेका छन् । यस्तो स्थितिमा ती अनिवार्य लाइसेन्स या अनुमतिपत्र तिनले कसलाई दिएर लाभ उठाउन सक्छन् र !

खोपको विनिर्माणमा अन्य विभिन्न औषधीहरुभन्दा बेग्लै यथार्थ खोपको ‘फर्मूला’ हुनेछैन । धेरैजसो औषधिहरुको विषयमा अपेक्षाकृत साना–साना रासायनिक अणु(मलिक्यूल)हरु नै महत्वपूर्ण यथार्थ कुरा हुन्छन् र तिनलाई सहजै पेटेण्ट पनि गर्न सकिन्छ । तर, खोपको केन्द्रमा ठूला अणुहरु हुने गर्दछन् र ती जीवविज्ञानको श्रेणीमा आउने गर्दछन् । तिनको विनिर्माणको तालाचाबी त्यसको ‘फर्मूला’मा नभएर औद्योगिक आकार र स्तरमा त्यसको उत्पादनमा हुन्छ । जटील ठूला अणुहरु सटीक तरीकाबाट पटक–पटक बनाइने प्रकृयामा रहेका हुन्छन् । यो टेक्निकल ‘नो हाउ’को विषय हो, जसको हिफाजत पेटेण्ट अधिकारले गर्दैन बरु उल्टै व्यापारिक रहस्य मातहतमा त्यसलाई बाँकी मानिसहरुले बचाएर राखेका हुन्छन् । हुन त यस्तो पनि होइन कि ती व्यापारिक रहस्यसम्म पुग्न सकिँदैन या सम्बन्धित प्रकृयालाई जान्ने कुनै उत्पादनकर्ताको मद्दतले यो काम गराउन सकिदैन । तर, यस्तो काम गर्ने स्थितिमा सम्बन्धित कम्पनीले धेरै महँगो कानुनी कारबाहीको सामना गर्नुपर्ने हुनसक्छ । यसमा विश्व व्यापार संगठनअन्तर्गतका कानुनहरु पनि पर्दछन् । अनि यस्तो कानुनी झमेलामा लाग्दा अमेरिका, यूरोपेली यूनियन र यूकेसम्मको एकतर्फी प्रतिबन्धको सामना गर्नुपर्ने पनि स्थिति आउन सक्छ ।

जेनेभामा सम्पन्न यो मन्त्रीस्तरीय बैठकमा एउटै छुटको कुरा मानिएको छ र त्यो छुट हो खोपको अनिवार्य अनुमति या लाइसेन्सका लागि । तर यो छुट परीक्षण उपकरण र एण्टी भाइरल औषधीहरुका लागि त कत्ति पनि दिइएन । त्यति मात्रै पनि होइन, यस निर्णयमा व्यापार संगठनको मञ्चमा उठाइएका अन्य प्रश्नहरुमाथि त वास्तासम्म पनि गरिएन । जस्तो यो माग कि विश्व व्यापार संगठनद्वारा दिइने छुटमा अन्य सम्पदा अधिकार विषयमा छुटेक कुरालाई पनि सामेल गरियोस् भन्ने कुराको पनि कुनै वास्ता गरिएन ।

यी सबै कुराको परिणाम के हुनजान्छ भने फाइजर तथा अन्य ठूला औषधी कम्पनीहरुले मानिसहरुको जिन्दगीको मूल्यमा बेहिसाव श्रम बिनाको मुनाफा बटुलिरहने छन् । तिनको यो मुनाफा चुस्ने कुरामा यसबाट केही फरक पर्दैन कि अहिले पनि जारी महामारी सार्स–कोभ–२ भाइरसका नयाँ भेरिएण्टले उछालको रूप लिन सक्छ र यसरी महामारी आउदा दिनमा पनि बढ्न र फैलिन सक्छ । यहाँ उल्लेखनीय के छ भने अहिलेसम्म अफ्रिकी महादेशमा केवल २० प्रतिशत जनसंख्याले मात्र खोप लिन पाएका छन् । अनि अमेरिकामा यो खोपका बारेमा सोध्नेवाला कोही पनि छैन । यद्यपि विश्वमा सबै मिलाएर यो खोप सबैलाई पुग्ने गरी उत्पादन गर्ने पर्याप्त क्षमता रहेको विज्ञहरु बताउँदछन् । सबैलाई खोप दिलाउन सकिने स्थिति छ । त्यसो गर्नु ठूला औषधी कम्पनीहरुको हितमा मानिदैन र छैन । तिनलाई त मानिसको जीन्दगीभन्दा आफ्नो मुनाफा बढी प्रियकर छ । तिनलाई यस कुराको कुनै प्रवाह छैन कि यो अनगिन्ती मानिसको जीवन बचाउने कुरा मात्रै होइन, महामारीको नयाँ तथा अझ खतरनाक भेरियण्ट फैलिने सम्भावनलाई कम गर्ने विषय पनि हो ।

यस कुरालाई यसको परिपे्रक्षमा राखेर बुझ्नका लागि के कुरामा ध्यान दिइनु अप्रासांगिक हँुदैन होला भने कोभिड–१९ महामारीको क्रममा नै फाइजरको मुनाफा मोटामोटीरूपमा दोब्बर भइसकेको थियो । त्यस मुनाफाको ठूलो अंश बायोन टेक फाइजर खोपकै कमाई हो भनेर औंल्याइएको छ । त्यस कम्पनीको तुलना देशहरुको कूल आयसँग गर्ने हो भने बितेको वर्षको आफ्नो ८१ अर्ब डलर आयको साथसाथै यो कम्पनीले इथोपिया, घाना तथा केन्या जस्ता ठूल्ठूला देशहरुको कूल जीडीपी आयलाई समेत धेरै पछाडि छोडिदिएको छ । खोपका अतिरिक्त परीक्षण गर्ने उपकरण तथा भाइरल बिरोधी औषधीहरुलाई पनि ठूला कम्पनीहरुको एकाधिकारले पनि महामारीविरुद्ध उपचाररत मानिसहरुका लागि अझ महँगो तुल्याइदिन्छ भने अर्कोतिर ठूला औषधी कम्पनीहरुका लागि ठूलो नाफा पनि दिलाइदिन्छ ।

जेनेभामा सम्पन्न यो मन्त्रीस्तरीय बैठकमा एउटै छुटको कुरा मानिएको छ र त्यो छुट हो खोपको अनिवार्य अनुमति या लाइसेन्सका लागि । तर यो छुट परीक्षण उपकरण र एण्टी भाइरल औषधीहरुका लागि त कत्ति पनि दिइएन । त्यति मात्रै पनि होइन, यस निर्णयमा व्यापार संगठनको मञ्चमा उठाइएका अन्य प्रश्नहरुमाथि त वास्तासम्म पनि गरिएन । जस्तो यो माग कि विश्व व्यापार संगठनद्वारा दिइने छुटमा अन्य सम्पदा अधिकार विषयमा छुटेक कुरालाई पनि सामेल गरियोस् भन्ने कुराको पनि कुनै वास्ता गरिएन । जस्तो कि खोप निर्माणको रहस्य(राज) यसको ठूलो परिमाणमा उत्पादनका लागि बहुतै आवश्यक पर्दछ ।

विश्व व्यापार संगठनको यो मन्त्रिस्तरीय बैठकले परीक्षण सामाग्री तथा एण्टी भाइरल औषधीहरुको मामिलामा पेटेण्टबाट छुटको विषयलाई छ महिना उता धकेलिदियो । अब यसको शायदै सम्भावना होला कि अति सम्पन्न देशहरुको मन यस मामिलामा एकाएक पग्लेर परिवर्तन होला । आखिर त कोभिड महामारीको बितेको दुइ वर्षमा लाखौं लाखको ज्यान लिएकै हो क्यारे !

प्रश्न छ, सम्पूर्ण विश्व जनसंख्यालाई खोप दिनु किन आवश्यक छ ? साधारण शब्दमा भन्ने हो भने कोभिड – १९ भाइरसले संक्रमित हुनका लागि जति मानिस बाँकी रहेका छन् त्यतिनै यो भाइरसको नयाँ भेरिएन्ट फैलिने सम्भावनको खतरा रहन्छ । निःसन्देह, धेरैजसो मानिसहरुले यो सोचेर आश्वस्त हुन सक्छन् कि यो भाइरस जति बढी परिवर्तित(म्यूटेड) हुन्छ त्यति नै बढी यो हानीरहीत पनि हुँदैजान्छ । चिकित्सा समुदायको एक हिस्सामा यो प्रबल धारणा रहेको पाइन्छ । तर जैबिक उद्विकासका जानकारहरु भने त्यस्तो हुने कुराको साक्षी रहन चाहँदैनन् । यद्यपि लामो अबधिका लागि यसलाई साँच्चो मान्न सकिए पनि जस्तो कि प्रसिद्ध अर्थशास्त्री जोन मोर्डन केन्सको यस सम्बन्धमा चर्चित कथन छ कि ‘लामो समयमा त हामी मरिसकेका हुनेछौं’ ! जैब वैज्ञानिकहरुको लामो अबधिको हिसाब किताब यथार्थमा धेरै नै लामो पनि हुन सक्छ ।

पूरै विश्वका लागि खोपको किन आवश्यकता छ त ? याद रहोस् कि आज पनि कोभिड–१९ महामारीबाट हरेक दिन ७ लाखभन्दा बढी मानिस संक्रमित भइरहेका छन् । यस्तो महामारीसँग हामी जहिलेसम्म रहन्छौ त्यति नै बढी यसको जोखिम मोलिरहेका हुनेछौं कि कुनै त्यस्तो नयाँ भेरिएण्ट आउने छ जुन ओमिक्रोन जत्तिकै संक्रामक हुन सक्छ तर त्योभन्दा पनि खतरनाक र प्राणघातक पनि हुन सक्छ । भाइरसको संक्रमणशीलता त्यतिबेला सबैभन्दा बढी हुन्छ जब त्यसबाट संक्रमित रोगीहरुमा रोगका लक्षणहरु मामोली नै लाग्ने गर्दछन् र त्यो सामाजिक तथा शारीरिकरूपले गतिशील हुन्छ र यसरी अरुलाई बढी संक्रमित तुल्याउन सक्छ । यसै अन्तरालमा भाइरस सबैभन्दा बढी फैलिन सक्छ । भाइरसले पीडित रोगी पछिबाट ठीक हुन पनि सक्छ या उसको मृत्यु पनि हुनसक्छ । यस संक्रमणबाट अरुलाई कुनै असर पुग्दैन । यद्यपि यसको आमरूपमा सामाजिक आरचरणमा असर पर्न सक्छ तर यसको समय गुज्रदै जाँदा भाइरस हानीरहीत हुने कुराको भने कुनै सम्वन्ध हुँदैन ।

आज पनि कोभिड–१९ महामारीबाट हरेक दिन ७ लाखभन्दा बढी मानिस संक्रमित भइरहेका छन् । यस्तो महामारीसँग हामी जहिलेसम्म रहन्छौ त्यति नै बढी यसको जोखिम मोलिरहेका हुनेछौं कि कुनै त्यस्तो नयाँ भेरिएण्ट आउने छ जुन ओमिक्रोन जत्तिकै संक्रामक हुन सक्छ तर त्योभन्दा पनि खतरनाक र प्राणघातक पनि हुन सक्छ । भाइरसको संक्रमणशीलता त्यतिबेला सबैभन्दा बढी हुन्छ जब त्यसबाट संक्रमित रोगीहरुमा रोगका लक्षणहरु मामोली नै लाग्ने गर्दछन् र त्यो सामाजिक तथा शारीरिकरूपले गतिशील हुन्छ र यसरी अरुलाई बढी संक्रमित तुल्याउन सक्छ । यसै अन्तरालमा भाइरस सबैभन्दा बढी फैलिन सक्छ ।

निश्चय नै मानव समूहको रूपमा हाम्राबीच समय गुज्रनका साथ कुनै पनि भाइरसविरुद्धको प्रतिरोधी क्षमता बढ्न सक्छ तर यही कुरा भाइरसको सम्वन्धमा पनि हुन्छ । यसको पनि क्षमता पनि बढ्छ । उदाहरणका लागि डेल्टा भाइरसको त्योभन्दा पहिलाको सार्स कोभ –२ को तुलनामा संक्रामकता बढी थियो भने ओमिक्रोनको इम्यूनिटी पर्खाल बढी पाइएको विज्ञहरुले उल्लेख गरेका छन् । यसको अर्थ के हो भने ओमिक्रोनले यसभन्दा पहिलाको संक्रमणको या खोपबाट पैदा भएको हाम्रो प्रतिरोधकतालाई बढी सजिलै झेल्न सक्छ । निःसन्देह यदि भाइरसको रूपान्तरण यसरी भएको होस् कि संक्रमणको आरम्भमा नै रोगी यत्तिको बढी बिमारी भएको होस् ऊ चल्न,फिर्न नै सक्तैन भने त्यस अबस्थामा अवश्य पनि भाइरहसको संक्रामकता कम हुनेछ या त्यो फैलने क्रम एक किसिमले रोकिने छ । तर सार्स–कोभ–२ भाइरसको आचरण त्यस्तो नदेखिएको जानकारहरु औंल्याउँदछन् ।

आउँदा केही वर्षहरुमा सार्स–कोभ–२ भाइरसको कुनै किसिमको रूप हुने सम्भावना छ ? जस्तो कि रोग प्रतिरोधक वैज्ञानिक या इम्युनोलोजिस्टले बताउदै आएका छन् कि कुनै भाइरसको उद्विकासको यात्रापथ यस्ता बिभिन्न कारकहरुको जटील अन्तरक्रियाबाट निर्धारित हुने गर्दछ, जसले भाइरसको उद्विकासमाथि हाम्रो प्रतिरोधक प्रणालीको प्रतिकृयाको रूप दिने गर्दछन् ।

यस कारण वर्तमान महामारीका लागि हाम्रो प्रत्युत्तर के हुन सक्तैन भने हामी भाइरस नै अझ बढी हानिरहीत हुदै जानेछ भनेर ढुक्क बसौं या मिथकीय झुण्ड प्रतिरोधकर्ता आउने प्रतिक्षा गर्दँै रहूँ । माहामारीको सामना गर्न सार्बजनिक स्वास्थ्य उपायकोरूपमा खोप महत्वपूर्ण हुन्छन् किनभने त्यसबाट नयाँ संक्रमणको संख्या घट्दछ र यसकारण आउदो संक्रमणको जरो नै काटिन्छ या छाटिन्छ । यद्यपि कल्पनीय भबिष्यमा हामीले आफ्नो खोपको बुस्टर डोज भाइरसको सामु आउने नयाँ नया भेरिएण्टहरुका लागि परिबर्तनकासाथ दोहोराइरहनु पर्ने हुनेछ ।

अब एण्टी भाइरल औषधीहरुको कुरा गरौं । विज्ञहरुका माथि भनिएका कुराका आतिरिक्त कोभिड–१९ को उपचारकोरूपमा एण्टी भइरल औषधीहरुको पनि महत्वपूर्ण भूमिका हुन्छन् नै । किनभने यसमा मृत्युदर घटाउन र कोभिडको लामो समयसम्म चल्ने दुष्प्रभावलार्य कम गर्नमा यसबाट निश्चितरूपमा मद्दत पुग्दछ । तर ती औषधीहरुमा पेटेण्ट अधिकारले गर्दा तिनलाई सहज उपयोगको कुरामा ब्यवधान पुग्दछ । एण्टी भाइरल औषधीहरु यस बिमारका पहिला केही दिनका क्रममा दिइदा मात्र त्यसको सही असर हुन्छ अर्थात बढी फाइदादायक हुन्छ वास्तवमा जतिबेला यी औषधीहरु मानिसहरुलाई कम मूल्यमा प्राप्त हुन् र औषधी पसलबाट मानिसहरुले किनेर प्रयोग गर्न सकुन् । तर यथार्थ सत्य के छ भने यी औषधीहरुको महँगो मूल्य र तिनकाथि पेटेण्टको कडा नियन्त्रणका कारण तिनको पर्याप्त ठूलो बजार पनि बन्न पाउँदैन । सीमित बजार र महँगो दामको विषय ‘कुखुरा र अण्डा’को जस्तो सम्वन्धको हो । मूल्य उच्च हुन्छ किनभने बजार सानो या सीमित छ र बजार सानो रहन्छ किनभने मूल्य महँगो छ ।

जानकारहरु के भन्दछन् भने निश्चय नै एण्टी भाइरल औषधीहरुको खुला अनुमति पत्रको माध्यमबाट ठूलो बजार बन्न सक्छ । तर विश्व व्यापार संगठनले यही कुराको त अनुमति दिएको छैन । विश्व व्यापार संगठन अन्तरगत अनिवार्य अनुमति पत्रको बाटो धेरै नै दुरुह बनाइएको छ । अनि जेनेभामा भएको मन्त्रीस्तरीय बैठकमा यस मामिलामा पेटेण्टको प्रतिबन्ध जुन खुकुलो पारियो भनिएको छ त्यसको अर्थ के हो भने एड्सको उपचारमा सहयोगी रहेका देशहरुलाई पनि यसको उपयोग गर्न कुनै अनुमति दिइएको छैन ।

वास्तवमा धनी देशहरुले बन्द गरेर राखेका छन जीन्दगीको जीत हुने बाटो । यस्तो स्थितिमा यो प्रश्न अवश्य सोध्न सकिन्छ कि चीन, रुस, भारत तथा दक्षिण अफ्रिका जस्ता उन्नत खोप बढाउने क्षमताले सम्पन्न देशहरु परस्पर एकजुट भएर बाकी सम्पूर्ण विश्वलाई यस चूनौतिको सामना गर्नका लागि आवश्यक प्रौद्योगिकी तथा उपकरण आपूर्ति उपलब्ध गर्न किन अघि सर्दैनन् ? किन यी देशहरुले स्थानीयरूपले खोपको उत्पादन गर्नका लागि क्यूवा जस्तो ‘बायलोजिकल पावर हाउस’सँग हात मिलाउन अग्रसर भइरहेका छैनन् ? उल्लेखनीय छ कि क्यूबाले कोभिड–१९ बिरोधी चारवटा खोप विकास गरिसकेको छ । ती मध्ये दुइटाको ठूलो मात्रामा उत्पादन पनि भइसकेको या भइरहेको छ ।

यस प्रश्नको उत्तर अतिसम्पन्न देशहरुको क्लबद्वारा नियन्त्रित ‘नियममा आधारित अन्तर्राष्ट्रिय ब्यवस्था’ सँग जोडिएको छ । यस ब्यवस्थाको माध्यमबाट लागु गरिने नियमहरुमा रुस, क्यूबा, चीन आदि बिभिन्न देशहरुका विरुद्ध प्रतिबन्ध पनि सामेल छन् । अनि कुन देशहरुका विरुद्ध अहिलेसम्म यस्तो प्रतिबन्ध नलगाएको भए पनि भबिष्यमा यूरोपेली यूनियन, अमेरिका र यूकेले यस्तो प्रतिबन्ध नलगाउलान् भन्ने छैन । यसै तीन गुटको गिरोहबन्दीले विश्व व्यापार संगठनमा भारत र दक्षिण अफ्रिकाको संयुक्त पहललाई पनि असफल तुल्याइदियो । याद रहोस्, अमेरिकाको आफ्नो घरेलु कानुन–३०१ समेत छ, त्यसलाई उसले आफ्नो ‘बौद्धिक सम्पत्तिको रक्षा गर्न बनाएको’ भन्छ ।त्यस अन्तरगत उसले अन्य देशलाई प्रतिबन्ध लगाउने डर देखाइरहन्छ । यस क्रममा हरेक वर्ष चीन र भारतको नाम यस्तो अमेरिकी सूचिमा सबैभन्दा माथि हुने गर्दछ । त्यसका कानुन र कदम अमेरिकाका घरेलु कानुनसँग मेल खाँदैनन् । यस कारण अमेरिका तथा उसका मित्र देशहरु विश्व व्यापार संगठनमा आफु खुशी गर्न सफल नभए पनि आफ्ना कुरा मनाउन कथित ‘नियम आधारित ब्यबस्था’को सहारा लिन सक्तछन् । त्यसमा स्वयं उनीहरुले नै बनाएका नियम कानुन चल्दछन् । त्यतिले पनि काम चलेन भने अमेरिकाले आफ्ना घरेलु कानुनहरु पनि चलाउँदछ । ती पनि अमेरिकी अदालतको हिसावमा अन्तर्राष्ट्रिय नियम कानुनभन्दा माथि छन् । यस्तै छ हाम्रो नयाँ,साहसिक विश्व जहाँ विनी ब्यान्यिमाको शब्दलाई अलिकति बदलेर भनिदा ‘मृत्युले जीन्दगीलाई मात’ दिइरहेको छ ।

वि.सं.२०७९ असार २३ बिहीवार १५:४६ मा प्रकाशित

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन वा रूपान्तरणले समयसँगै सामाजिक संरचना, संस्था र सम्बन्धहरूको...

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

न्यायालय न्याय, समानता र स्वतन्त्रताको आधार हो।यसको सुदृढता बिना कुनै...

वाह ! मन्त्रीहरूको सम्पत्ति

वाह ! मन्त्रीहरूको सम्पत्ति

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भयो। जनताले फेरि एकपटक “मन्त्रीहरूको अर्थतन्त्र” को...

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

चन्दा भुसाल, बुटवल । तिलोत्तमा नगरपालिकाले अघि सारेको “सडक मानवमुक्त”...

छिटोछरितो मुद्दा फर्छौटः नेतृत्वलाई चुनौती

छिटोछरितो मुद्दा फर्छौटः नेतृत्वलाई चुनौती

छिटोछरितो मुद्दाको फर्छौट न्यायिक प्रणालीको प्रभावकारीता मापन गर्ने महत्वपूर्ण आधार...

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

नेपालका अधिकांश गाउँमा करिब ६० प्रतिशत जनताको जीवन निर्वाह कृषि...