बुद्धिमान दनुवार
कनकाई नगरपालिका ४, झापा
१.
असारे झरी दर्केर आयो, यो मन रुझायो,
कोइलीको भाका सुनेर मन मेरो बुझायो ।
२.
चिनजान भयो हाम्रो फूलबारी गेटैमा,
माया बस्यो तिम्रो र मेरो पहिलो भेटैमा ।
३.
घरबार जोडौँला, धन सम्पत्ति कमाई,
सुन्दर संसार बसाउँला, हास्दै रमाई ।
४.
आँखा राख्दा पनि नबिझाउने रहेछौ है सानु,
तिमी जस्ती मायालुलाई छाडी अन्त कहाँ जानु ।
५।
दुःख सुख सहेर, हाँसेर बाचौँला,
जन्म जन्मसम्मको पिरती साचौँला ।
वि.सं.२०७९ असार २५ शनिवार ०९:२८ मा प्रकाशित






























