back
CTIZAN AD

आइएमई पेको  बम्पर उपहार विजेताको नाम सार्वजनिक

वि.सं.२०७९ असार २९ बुधवार

774 

shares

काठमाडौं । आइएमई पेले “हवाई टिकट काटौं सुन चाँदी जितौं” योजनाको बम्पर उपहार विजेताको नाम सार्वजनिक गरेको छ । पेले उक्त योजना अन्तर्गत सुनको सीक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको हो ।

जस अन्तर्गत पहिलो दुइसाताको एक भाग्यशाली बिजेता सन्देश श्रेष्ठ, दोस्रो दुई साता को एक भाग्यशाली बिजेता राम पुकार महतो भएका छन् । पेका अनुसार दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौं र जनकपुरबाट काठमाडौंको हवाई टिकेट काटेका थिए । योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरु मध्य चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको बिजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणाअन्तर्गत घोषणा भइसकेको पेले जनाएको छ ।

जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाईल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकेट काटेका यात्रुहरु मध्य योजना अवधिभरी हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका छन् ।

पेका अनुसार हवाई यात्रुहरुले सहजताको निम्ति आइएमई पे एप जस्ता मोबाईल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ । अझ बढी यात्रुहरुलाई हवाईयात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस्ता योजनाहरु सार्वजनिक गर्दै आइरहेको जनाएको छ ।

वि.सं.२०७९ असार २९ बुधवार १७:२७ मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...