Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

महाप्रसादको युवराज कनेक्सन : ज्वाईँलाई डेपुटी बनाउने सर्तमा गभर्नर



काठमाडौं । महाप्रसाद अधिकारी राजनीतिक नियुक्तीमा महत्वपूर्णं पद पाउनेमध्येका एक भाग्यमानी व्यक्ति हुन् । उनी डेपुटी गभर्नरबाट अवकास पाएलगत्तै, लगानी बोर्डको सिइओ र लगानी बोर्डको सिइओ हुँदाहुँदै गभर्नर पदमा नियुक्त भएका थिए ।

पूर्वगभर्नर तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको नियुक्ती सिलसिलासँग अधिकारी नियुक्ती सिलसिला ठ्याक्कै मिल्छ । हुनतः राष्ट्र बैंकमा रहँदादेखि नै दुईबीच निकै निकट सम्बन्ध थियो ।

०७२ पुस १० मा राष्ट्र बैंकबाट अवकाश लिएका अधिकारीलाई ०७३ असार १० मा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले लगानी बोर्डको सिइओमा नियुक्त गरेको थियो । बोर्डको सिइओ छँदै तत्कालिन अर्थमन्त्री खतिवडाको सिफारिसमा अधिकारीलाई गभर्नरमा नियुक्त गरिएको थियो ।

पाँच वर्षे कार्यकालका लागि नियुक्त भएका उनलाई एक वर्ष ३ महिना कार्यकाल बाँकी छँदै ०७६ चैत २४ मा गभर्नरमा नियुक्त गरिएको थियो । तत्कालिन अर्थमन्त्री खतिवडाको जोडबलमा अधिकारी गभर्नर बन्न सफल भएका थिए ।

याे पनि…

पूर्वगभर्नर क्षेत्रीको आशंका : महाप्रसादलाई एमालेले फसाएको त होइन ?

विवादित ज्वाईँलाई डेपुटी बनाउन अधिकारीलाई गभर्नर

पूर्वअर्थमन्त्री डा. खतिवडाका छोरी ज्वाईँ हुन् डा. रामशरण खरेल । हाल उनी राष्ट्र बैंक क्षेत्रीय कार्यालय पोखराको निर्देशकको जिम्मेवारीमा छन् । पोखरामा रहेका खरेल यसअघि निकै विवादमा पनि तानिएका थिए ।

राष्ट्र बैंकको विराटनगर कार्यालयमा हुँदा उनलाई जलाउनु पर्ने झुत्रा नोट नजलाएर आर्थिक अनियमिता गरेको आरोप लागेको थियो । तर, उनीमाथि आरोप लागिरहेकै बेला शक्तिको दुरुपयोग गर्दै खतिवडाले अर्थमन्त्रालयमा तानेका थिए ।

शक्तिको आडमा खतिवडाले अर्थमन्त्री भएलगत्तै (१५ फागुन २०७४) मा खरेललाई आफ्नै मन्त्रालयमा झिकाएका थिए । राष्ट्र बैंकको महत्वपूर्णं जिम्मेवारीमा रहेका उनलाई झण्डै डेढ वर्षसम्म अर्थमन्त्रालयमा काजमा राखिएको थियो । उनको सरुवा भएसँगै उनीमाथि छानबिन गर्न बनेको छानबिन समिति स्वतः निष्क्रिय भएको थियो ।

तत्कालिन समय विवादित भएका छोरी ज्वाइँलाई डेपुटी गभर्नर बनाउने योजनामा खतिवडाले अधिकारीलाई योजना आयोगमा हुँदा हुँदै गभर्नरमा नियुक्त गरेको राष्ट्र बैंकको उच्च स्रोत बताउँछ । तत्कालिन समय छोरी ज्वाईँ खरेललाई डेपुटी गभर्नरमा बढुवा गर्ने सर्तसहित गभर्नरमा अधिकारीलाई सिफारिस गरेका थिए ।

राष्ट्र बैंक उच्च स्रोतका अनुसार राष्ट्र बैंक कार्यालय विराटनगरमा उपनिर्देशकमा रहेका खरेललाई अर्थमन्त्रीले नै निकै छिटो निर्देशकमा बढुवा गरेका थिए ।

सम्बन्धित समाचार

महाप्रसाद राष्ट्र बैंकका गभर्नर हुन् कि एमालेका नेता ?

गभर्नर हुन शैक्षिकरूपमा पनि महाप्रसाद अयोग्य

महाप्रसादलाई जोगाउने एमालेको ‘धुर्त्याइँ खेल’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको