back
CTIZAN AD

इटालीमा फेरि बढ्न थाल्यो कोरोना, दैनिक संक्रमितको संख्या १ लाख नाघ्ने आंकलन

वि.सं.२०७९ साउन २ सोमवार

777 

shares

रोम । इटालीमा थप ९० हजारमा व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जनवरी २०२० देखि इटालीमा आधिकारिकरूपमा कोभिड–१९ पुष्टि भएकाहरूको कूल सङ्ख्या दुई करोड आठ लाख पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार दुई करोडभन्दा बढी कोभिड सङ्क्रमित भएको आधिकारिक पुष्टि हुने मुलुकको सूचीमा इटाली सातौँ स्थानमा रहेको छ ।

अहिलेसम्म संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी (नौं करोड) व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित बनेका छन् भने भारत, ब्राजिल, फ्रान्स, जर्मनी र बेलायत बढी सङ्क्रमित मुलुकहरूमध्ये अग्रस्थानमा रहेका छन् ।

विश्वका सबै मुलुकले पुष्टि गरेको सङ्ख्याको तुलनामा वास्तविक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

घरमा गरिने परीक्षणहरू वा निदान सरकारद्वारा सार्वजनिक सूचीमा नपर्ने भएकोले उक्त सङ्ख्या कुनै पनि देशले सावैजनिक गरेको सूचीभन्दा अत्यधिक धेरै रहेको अनुमान गरिएको सङ्गठनले जनाएको छ ।

हालैका हप्ताहरूमा इटालीमा कोभिड–१९ को सङ्ख्या फेरि बढिरहेको छ र दैनिक सङ्क्रमित सङ्ख्या एक लाखभन्दा बढी हुनसक्ने देखिएको छ ।

तर इटालीमा कोभिडका कारण हुने मृत्यु दर र सघन उपचार केन्द्रमा बिरामीहरूको सङ्ख्या यस महामारीको पहिलेको भन्दा धेरै कम छ । सिन्ह्वा

वि.सं.२०७९ साउन २ सोमवार ०८:०० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...