काठमाडौं । शिखर इन्स्योरेन्सले नेपालको निर्जीवन बीमा क्षेत्रमा पहिलो पटक ५०१ करोड बीमा शुल्क संकलन गर्न सफल भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।
कम्पनीको अनुसार आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा संकलन भएको बीमा शुल्क २६ प्रतिशतले बढी हो ।आर्थिक वर्ष २०७८/७९ मा हासिल गरेको व्यवसायिक सफलताको खुशीमा कम्पनीले साउन एक गते केक काटेको छ ।
नेपालको निर्जीवन बीमा व्यवसायको बजार हिस्साको करिब १५ प्रतिशत हिस्सा कम्पनीले ओगटेको छ ।
कम्पनीले कुल २२ हजार ७६८ दाबी मध्ये १९ हजार ३८५ दाबीहरुको कुल करिब ३०० करोड रुपैयाँको दाबी भक्तानी व्यवस्थापन गरेको छ । शिखर इन्स्योरेन्स नेपालको बिकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा जस्ता बिकट जिल्ला सहित कुल ११० शाखा मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
सम्पूर्ण बीमितको भरोसाको केन्द्र भएका कारण शिखर नेपालमा भएका निर्जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे बताउँछन् ।
कम्पनीले वि.स. २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु बिजनेश ऐज संस्थाबाट बेस्ट म्यानेजड इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्नुको साथै २०१८ मा सर्वोत्कृष्ट निर्जीवन बीमा कम्पनीको र कारोबार उत्कृष्टता पुरस्कारू प्राप्त गरिसकेकको छ ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले ए रेटिङ दिएको छ । यो मूल्यांकनले वित्तीय दायित्वहरुको सुरक्षाको लागी पर्याप्त डिग्री मानिन्छ । हालसम्म शिखर इन्स्योरेन्स मात्र एक निर्जीवन बीमा कम्पनी हो जसले यो रेटिङ प्राप्त गरेको छ ।
वि.सं.२०७९ साउन २ सोमवार ०७:४२ मा प्रकाशित






























