back
CTIZAN AD

सहरीया बालबालिकाले जीवन कहिले पढ्ने ?

वि.सं.२०७९ साउन ६ शुक्रवार

801 

shares

१५/१६ महिनाको उमेरदेखि विद्यालयको आँगन टेक्न बाध्य हाम्रा भविष्यका पिंढीले जीवन पढ्ने कहिले ? केही मन्टेस्वरी तहका अपवादलाई छोडेर २ वर्ष नपुगेका नानीहरूको हात समाएर कलम चलाउन सिकाउने काममा व्यस्त छन् हाम्रा ‘प्ले ग्रुप’का कक्षाहरू। त्यसपछि एबीसीडी शुरु, अनि होमवर्क । जति कक्षा बढ्दै गयो उति पुस्तकको भारी र क्लासवोर्क र होमवर्कको चंगुलमा फसेका यस्ता बालबालिकाको अन्य विकासको पाटो सधैं पछाडि पारिएको छ ।

अचेल बालबालिकालाई पढाई भनेको होमवर्क पूरा गर्ने हो भन्ने बलियो धारणा छ । स्कूलबाट फर्किए पछि खाजा पनि राम्ररी खान नपाई होमवर्ककै चटारोर अनि पुस्तक कैले पल्टाउने ? पाठ्यपुस्तक बाहेकको अतिरिक्त अध्ययन कैले गर्न पाउने ? बिहान ७ बज्नु अघि नै बस स्टप पु¥याइसक्नु पर्दछ । नजिकको विद्यालयमा पठाउँदैनन् अभिभावक, खै किन ? यसको लागि सरकारले पनि ‘स्कुल जोन’को अवधारणा ल्याउनै पर्छ । अएक डेढ घण्टा जान र त्यति नै आउन गर्दा ३ घण्टा बसमै थकानमा पर्रदछन् । त्यसमाथि विद्यालयमा हुने शारीरिक सजायको पीडा र घरमा भन्दैनन् बालबालिका किनभने थप सजाय भोग्नु पर्ने डर ।

शनिवार पनि होमवर्ककै चिन्ता नत्र आइतवार सजायँ पाइन्छर बाबुआमासँग रमाउने कहिले ? बाजेबजैको कथा सुन्ने कहिले ? घर सिक्ने कहिले ? परिवार सिक्ने कहिले ? छिमेक सिक्ने कहिले ? समाज सिक्ने कहिले ? साथीसँग खेल्ने कहिले ? जहाँ जीवन प्रत्यक्ष जोडिएको हुन्छ । झन् कक्षा १० र कक्षा १२ का विद्यार्थीको कन्त बिजोग छ, बिहान ६ बजे देखिनै कोचिङ कक्षा शुरु र पेलान नै पेलान । पिंजडाका सुगा बनाईएका छन् बालबालिका ।

खालि बौद्धिक खुराकले मात्रै जीवन बोल्दैन . शारीरिक, मानसिक, संवेगात्मक, र सामाजिक विकासको पाटो अलपत्र छ । परीक्षामा पाएको अंक नै जीवन ठान्ने प्रवृत्ति हटाउनै पर्ने हुन्छ  विद्यालयले । तर ती माछा बजार बनेका छन्  । राष्ट्रिय शिक्षा नीति पनि अंक प्रधान नै छ अहिलेसम्म । के राज्यले यसमा पहल गर्नु नपर्ने ?

विकल्प के ?
सोचेजस्ता भेटिन्नन् वैकल्पिक विद्यालयहरू, छिमेकीको देखासिकी, समाजको देखासिकी मात्रै, नयाँ सोच कसरी पलाउने ? गुणस्तरीय शिक्षाका लागि बस चढेरै जानुपर्ने र महँगो विद्यालय नै रोज्नुपर्ने भ्रमबाट अभिभावक मुक्त हुनैपर्छ ।

हाम्रै परिवेशभित्र पनि बाल विकासमा ध्यान दिने विद्यालय खोजे पाउन सकिन्छ तर ज्यादै कम, चाहे ती सार्वजनिक होऊन् वा निजीर त्यताबाट सिक्ने कि ? भलै उनीहरूको जस्तो सुविधा सबै विद्यालयमा नहोला तर कोशिस गरेर शिक्षा रूपान्तरण तर्फ जानै पर्छ र केही वर्ष लाग्ला प्रयास खेर जाँदैन ।

पहिलो पाईला हामी आफूबाटै शुरू गरौँ । सकेसम्म घर नजिकको विद्यालयमा भर्ना गरौँ । बेला बेला विद्यालयमा सम्पर्क गरेर सोधौं । विद्यालयमै जाऔं र आफ्ना केटाकेटीसँग विद्यालयभित्रको गतिविधि बारे खुलेर कुरा गर्ने वातावरण बनाऔं । चित्त नबुझेका कुरामा विद्यालयलाई घच्घचाउने गरौँर आफ्ना नानीहरूलाई जीवन पहिला पढाऔं ।

वि.सं.२०७९ साउन ६ शुक्रवार ०८:०९ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...