back

सहरीया बालबालिकाले जीवन कहिले पढ्ने ?

वि.सं.२०७९ साउन ६ शुक्रवार

186 

shares
NTC AD
Global IME AD

१५/१६ महिनाको उमेरदेखि विद्यालयको आँगन टेक्न बाध्य हाम्रा भविष्यका पिंढीले जीवन पढ्ने कहिले ? केही मन्टेस्वरी तहका अपवादलाई छोडेर २ वर्ष नपुगेका नानीहरूको हात समाएर कलम चलाउन सिकाउने काममा व्यस्त छन् हाम्रा ‘प्ले ग्रुप’का कक्षाहरू। त्यसपछि एबीसीडी शुरु, अनि होमवर्क । जति कक्षा बढ्दै गयो उति पुस्तकको भारी र क्लासवोर्क र होमवर्कको चंगुलमा फसेका यस्ता बालबालिकाको अन्य विकासको पाटो सधैं पछाडि पारिएको छ ।

अचेल बालबालिकालाई पढाई भनेको होमवर्क पूरा गर्ने हो भन्ने बलियो धारणा छ । स्कूलबाट फर्किए पछि खाजा पनि राम्ररी खान नपाई होमवर्ककै चटारोर अनि पुस्तक कैले पल्टाउने ? पाठ्यपुस्तक बाहेकको अतिरिक्त अध्ययन कैले गर्न पाउने ? बिहान ७ बज्नु अघि नै बस स्टप पु¥याइसक्नु पर्दछ । नजिकको विद्यालयमा पठाउँदैनन् अभिभावक, खै किन ? यसको लागि सरकारले पनि ‘स्कुल जोन’को अवधारणा ल्याउनै पर्छ । अएक डेढ घण्टा जान र त्यति नै आउन गर्दा ३ घण्टा बसमै थकानमा पर्रदछन् । त्यसमाथि विद्यालयमा हुने शारीरिक सजायको पीडा र घरमा भन्दैनन् बालबालिका किनभने थप सजाय भोग्नु पर्ने डर ।

शनिवार पनि होमवर्ककै चिन्ता नत्र आइतवार सजायँ पाइन्छर बाबुआमासँग रमाउने कहिले ? बाजेबजैको कथा सुन्ने कहिले ? घर सिक्ने कहिले ? परिवार सिक्ने कहिले ? छिमेक सिक्ने कहिले ? समाज सिक्ने कहिले ? साथीसँग खेल्ने कहिले ? जहाँ जीवन प्रत्यक्ष जोडिएको हुन्छ । झन् कक्षा १० र कक्षा १२ का विद्यार्थीको कन्त बिजोग छ, बिहान ६ बजे देखिनै कोचिङ कक्षा शुरु र पेलान नै पेलान । पिंजडाका सुगा बनाईएका छन् बालबालिका ।

खालि बौद्धिक खुराकले मात्रै जीवन बोल्दैन . शारीरिक, मानसिक, संवेगात्मक, र सामाजिक विकासको पाटो अलपत्र छ । परीक्षामा पाएको अंक नै जीवन ठान्ने प्रवृत्ति हटाउनै पर्ने हुन्छ  विद्यालयले । तर ती माछा बजार बनेका छन्  । राष्ट्रिय शिक्षा नीति पनि अंक प्रधान नै छ अहिलेसम्म । के राज्यले यसमा पहल गर्नु नपर्ने ?

विकल्प के ?
सोचेजस्ता भेटिन्नन् वैकल्पिक विद्यालयहरू, छिमेकीको देखासिकी, समाजको देखासिकी मात्रै, नयाँ सोच कसरी पलाउने ? गुणस्तरीय शिक्षाका लागि बस चढेरै जानुपर्ने र महँगो विद्यालय नै रोज्नुपर्ने भ्रमबाट अभिभावक मुक्त हुनैपर्छ ।

हाम्रै परिवेशभित्र पनि बाल विकासमा ध्यान दिने विद्यालय खोजे पाउन सकिन्छ तर ज्यादै कम, चाहे ती सार्वजनिक होऊन् वा निजीर त्यताबाट सिक्ने कि ? भलै उनीहरूको जस्तो सुविधा सबै विद्यालयमा नहोला तर कोशिस गरेर शिक्षा रूपान्तरण तर्फ जानै पर्छ र केही वर्ष लाग्ला प्रयास खेर जाँदैन ।

पहिलो पाईला हामी आफूबाटै शुरू गरौँ । सकेसम्म घर नजिकको विद्यालयमा भर्ना गरौँ । बेला बेला विद्यालयमा सम्पर्क गरेर सोधौं । विद्यालयमै जाऔं र आफ्ना केटाकेटीसँग विद्यालयभित्रको गतिविधि बारे खुलेर कुरा गर्ने वातावरण बनाऔं । चित्त नबुझेका कुरामा विद्यालयलाई घच्घचाउने गरौँर आफ्ना नानीहरूलाई जीवन पहिला पढाऔं ।

वि.सं.२०७९ साउन ६ शुक्रवार ०८:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD