back
CTIZAN AD

एनआरएनलाई नेपालमा लगानी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

वि.सं.२०७९ साउन ६ शुक्रवार

582 

shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् ।

गैर आवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ महामारी तथा रुस-युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा संचितिमा संकुचन देखिएको बताउँदै यो नेपाल भित्र विदेशी मुद्रा भित्रयाउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताएका हुन् ।

“मुलुक अहिले वैदेशिक मुद्रा संचितिको चाँपबाट गुज्रिएको छ । नेपालमा वैदेशिक मुद्रा भित्र्याउदै लगानी विस्तारका लागि तपाईहलाई यो उपयुक्त अवसर होे । प्रत्येक मुलुकको वा शहरको समूहहरु बनाई कलेक्टिभ रुपमा ठूलाठूला आयोजनाहरुमा लगानी विस्तार गर्नुहोस् । तपाईले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमापक्कै पनि राम्रो हुनेछ,” उनले भने ।

उनले लगानीगर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत बताए ।
“नेपालमा लगानीको वातावरण बनाउन तथा तपाईहरुको लगानीको प्रतिफल लैजान केही समस्या परेमा हामी तपाईहरुसँगै हुनेछौ । यहाँहरुलाई आइपर्ने कुनै पनि समस्या समाधानकालागि समग्र निजी क्षेत्रको तर्फबाट आवश्यक पहल गर्ने म यहाँहरुलाई प्रतिवद्धतासमेत जनाउन चाहन्छु,” उनले भने ।

उनले नेपालको अर्थतन्त्रका केही सुचकहरु नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने बताए ।
“नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न मिल्दैन । श्रीलंका ठूलो विदेशी ऋणमा छ । हामी त्यस्तो अवस्थामा छैनौ । अर्को कुरा उनीहरुको भन्दा हाम्रो अर्थतन्त्रमा रेमिट्यान्स भूमिका फरक खालको छ । त्यसैले हामी कुनै पनि हालतमा श्रीलंका हुँदैनौ र त्यो बाटोमा पनि छैनौ,” उनले भने ।

आईपीओमा गैर आवासीय नेपालीहरुलाई १० प्रतिशत कोटा छुट्ट्याउदा यसले अहिलेको तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुगेको बताउँदै उनले नेपालमा गैर आवासीय नेपालीहरुको लगानी भित्र्याउन पनि यसबाट सहयोग पुग्ने अपेक्षा गरे ।

उनले नेपालमा सम्भावना नै सम्भावना रहेको र यसलाई अवसरका रुपमा लिन गैर आवसीय नेपालीहरुलाई आग्रह समेत गरे ।

वि.सं.२०७९ साउन ६ शुक्रवार १२:२९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...