back
CTIZAN AD

युक्राको आयोजनामा अमेरिकामा भव्यरुपमा मनाईयो साकेला

वि.सं.२०७९ साउन ६ शुक्रवार

1K 

shares

बि.के राई । युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा २०२२ को उभौली साकेला भव्य रुपमा सम्पन्न गरिएको छ ।

सयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको क्विन्स ब्रिज पार्कमा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्थाका नेतृत्व तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुख अमृत बहादुर राईको प्रमुख आतिथ्यता तथा युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङको सभापतित्व रहेको उक्त कार्यक्रममा च्याप्टरकी वरिष्ठ उपाध्यक्ष वसन्ती राईको स्वागत मन्तव्य रहेको थियो ।

No description available.

उक्त अवसरमा उभौली साकेलाको शुभकामना आदान–प्रदान गर्नुका साथै साकेला सिली प्रस्तुत भएका थिए । कार्यक्रममा उपस्थित विशिष्ठ अथितिहरुले साकेलाको शुभकामनासहित यसको महत्वका बारेमा राख्दै किरात सामुदाय तथा समग्र नेपाली समुदायको एकता र विकासको बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा युक्राका केन्द्रीय अध्यक्ष जय कुमार राईले साकेलाको शुभकामना व्यक्त गरेका थिए । उनले अमेरिकामा किराती साकेला थान स्थापना गर्नु पर्नेमा जोड दिएका दिँदै युक्राकी केन्द्रिय निवर्तमान अध्यक्ष मूना राईलाई मायाको चिनो प्रदान गरेका थिए ।

त्यस्तै कार्यक्रममा युक्रा ट्याफ् च्याप्टरका अध्यक्ष इवन राईले अमेरिकामा रहेका सम्पूर्ण किरातीहरु एकजुट भएर आफ्नो आवाज बुलन्द बनाउँदै यहाँका सरकारबाट पनि सहयोगको पहल गर्नु पर्नेमा जोड दिए ।

युक्राका पूर्वअध्यक्ष विष्णु राईले साकेला पर्वको मिथक सुनाउदै उहिले किराती पुर्खाहरुले सिकार गर्ने क्रममा सिकार ल्याएपछि सिकारको वरिपरि घुम्दै नाच्ने चलन नै अहिलेको साकेलाको पर्व रहेको बताए । यो साकेला पर्व हालसालै मान्न थालिएको नभएर ईतिहासको निक्कै पुरानो कालखण्ड देखि मान्दै आएको उनले बताए ।

No description available.
कार्यक्रमका प्रमुख अतिथी राईले अमेरिकामा बसोबास गर्ने किराती तथा गैरकिराती नेपालीहरु एकजुट भएर अगाडि बढ्नु पर्ने विचार राखेका थिए । साकेलाको शुभकामना दिँदै राईले साकेला पर्वले अमेरिकामा बसोबास गर्ने किराती तथा गैरकिराती नेपालीहरुलाई एकजुट हुन् थप बल पुगेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा विशेष अथितिका रुपमा जनजाति महासंघ अमेरिका फ्प्निा)का राजकुमार विष्ट, युक्राका पूर्वअध्यक्ष, जनजाति महासंघ अमेरिका (फ्प्निा)का पूर्वसल्लाहाकार तथा एनआरएनएका पूर्वउपसभापति मिलन राई, जनजाति महासंघ नेपालका पूर्वउपसभापति डन्डू शेर्पा, एनआरएनए आईसिसि उपाध्यक्ष बिआर लामा, महावाणिज्यदूत न्युयोर्क कार्यालयका गणेश अधिकारी, हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा, प्रवासी नेपाली एकता मन्चका वरिष्ठ नेता राधा कृष्ण देउजा, युक्राका पूर्वसभापति तथा साकेला थान संयोजक विष्णु राई, युक्रा डिएमभिपी च्याप्टरकी अध्यक्ष समिता राई, न्यु इंग्ल्यान्ड च्याप्टरका अध्यक्ष कर्ण राई तथा क्यालिफोनिया च्याप्टरका महासचिव टक्सन राईले शुभकामना मन्तव दिएका थिए ।

No description available.

त्यस्तै,जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, महासचिव मुनिन्द्र नेम्वाङ्ग, शेर्पा संघका अध्यक्ष जाङ्ग्बु शेर्पा, तमु समाज युएसएका अध्यक्ष तोरण गुरुङ, सुनुवार समाज युएसएका अध्यक्ष मोहन सुनुवार, तामाङ्ग समाज अमेरिकाका अध्यक्ष छेवाङ्ग लामा, शेर्पा क्युदुङ्ग युएसएका अध्यक्ष छिरिङ्ग शेर्पा, फ्प्निाका सभामुख शुवर्ण शाक्य, मगर संघ अमेरिकाका महासचिव दिप सागर बुढा, किरात याक्थुङ्ग चुम्लुङ्ग युएसएका अध्यक्ष सुमान थाम्सुहाङ्ग, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा)का निवर्तमान सल्लाहाकार तथा मिडिया संयोजक सुरेश चाम्लिङ्ग, म्याग्दी समाज युएसएका अध्यक्ष भविन शेर्पापुन्जा, थारु सामाज युएसएका अध्यक्ष दिपक चौधरी, हामी नेपाली ग्लोबलका वरिष्ठ उपाध्यक्ष नवराज केसी, प्रवासी नेपाली मन्च न्युयोर्क च्याप्टरका अध्यक्ष सुर्य लिङ्देन, खालिङ्ग समाज युएसएका अध्यक्ष मक्कर खालिङ्ग राई, मुगुम समाज युएसएका अध्यक्ष वाङ्ग्ला लामाले साकेलाको शुभकामना मन्तव्य दिएका थिए ।

त्यसैगरी प्रवासी नेपाली एकता मन्च कोषाध्यक्ष तथा न्यूयोर्क च्याप्टर अध्यक्ष सौमिन्द्र रञ्जित, किरात राई समाज अमेरिकाका न्युयोर्क च्याप्टर उपाध्यक्ष संदेश राई, प्रवासी नेपाली एकता मन्चका काषाध्यक्ष उमा लामा, जनजाति महासंघ अमेरिकाका पूर्वमहासचिव दिपेश लिम्बु, जनजाति महासंघ अमेरिकाका पूर्वउपसभापति डण्डु शेर्पा, मधेश एसोसियसनका अध्यक्ष सत्यन्द्र शाह तथा हिमानी ट्रष्टका अध्यक्ष जोन खड्गीले साकेलाको शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) तथा किराती समुदायलाई विशेष योगदान दिएका पत्रकार शान्तिराज राई, कलाकार तथा नृत्य निर्देशक गोविन्द राई, गायिका यशोदा खालिङ राई, गायक अबे ढुंङ्गेल तथा गायक बिमल डाँगीलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

No description available.

कार्यक्रमको अन्तमा कलाकार तथा आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

औपचारिक कार्यक्रमको सन्चालन संचारकर्मी सन्तोष राई र युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरकी महासचिव सूसना राईले गरेका थिए।

उक्त अवसरमा मन्जु राईले युक्रा अमेरिकाका सबै च्याप्टर अध्यक्षहरुलाई पुष्प गुच्छाले स्वागत गर्दै आफ्नो क्षेत्रमा साकेला थान स्थापना गर्न सुझाईन् । उनी प्रमुख अतिथी अमृत बहादुर राईकी पत्नी हुन्।

त्यस्तै युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङले प्रमुख अतिथी विशेष अथिति तथा हामी नेपाली ग्लोबलका अध्यक्षलाई पुष्प गुच्छाले स्वागत गरेकी थिईन ।

त्यस्तै, एसिया प्यासिफिक युनाईटेड सिटिज एण्ड लोकल गभर्मेन्ट अध्यक्ष, जाकार्ता, इन्डोनेसिया तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यन्जु श्रेष्ठले किरातहरु नेपालको दोलखा, रामेछाप सोलुखुम्बुदेखि इलाम झापादेखि भारत लगायत विश्वको धेरै मुलुकमा रहेर नेपाल र नेपालीको शान बढाएको बताए ।

त्यसै अवसरमा नछुङ्ग पदम बहादुर राईको शिर उभ्याउनी कार्यक्रम सम्पन्न भएको थियो । प्रवासी नेपाली एकता मन्च अमेरिकाका वरिष्ठ नेता राधा कृष्णा देउजाले नेपालीहरु विश्वका जुनसुकै स्थानमा भए पनि सबै नेपाली संस्कार र संस्कृतिको संरक्षण र सम्वर्धनमा लाग्नुपर्ने विचार व्यक्त गरेका थिए ।

हामी नेपाली ग्लोबलका लामाले सम्पूर्ण नेपालीले विश्वको कुनै पनि स्थानमा रहेर पनि नेपाल र नेपालीको इमान, इज्जत र संस्कृतिको प्रवर्धन गर्नु पर्ने बताएका थिए भने विशेष अथिति जनजाति महासंघ अमेरिका फ्प्निा) का राजकुमार विष्टले साकेलाको शुभकामना व्यक्त गर्दै सबै नेपालीहरु एकजुट र एकमत भएर संगै अगाडि बढ्नु पर्ने बताएका थिए ।

वि.सं.२०७९ साउन ६ शुक्रवार १२:०८ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...