back
CTIZAN AD

शाह वंशीय राजाले काफ्लेसँग युद्ध हारेका थिए

वि.सं.२०७९ साउन ७ शनिवार

1.2K 

shares

पंँयुको इतिहासमा फर्केर हेर्दा काफ्ले इमान्दार, मेहनती, बहादुर (युद्ध कलामा निपुर्ण) साहासी बलिया जसको जिवन्त इतिहास हो, पँयुको ‘काफ्ले पाठो’ ।

आजपनि पँयुकोटमा दशैको अष्ठमीको दिनमा सयौ बलिहरू चढाउदै गर्दा पहिलो बलिकोरूपमा काफ्ले पाठो चढाँइन्छ । त्यो काफ्ले पाठो त्यहाका सेन, ठकुरी मल्लहरूले परम्परागत कालिका मातालाई सरकारी पाठोको नाउमा उपलब्ध गराउँछन् । बलिलाई मौलाबाट काटेर बाहिर फालिन्छ, बाहिर काफ्लेहरूको भिड लाग्छ, त्यो भिडमा अन्य थरहरूले प्रवेश पाउँदैनन् । काफ्लेहरू आपसमा त्यो पाठो एक्लै लैजान र त्यो बर्षको बलियो, बहादुर कहलिन प्रतिस्पर्धा नै चल्ने गर्दछ । त्यहाँ सिमाना तोकिएको हुन्छ जुन १/१ कि.मि. को दुरीमा हुन्छ र त्यो पार गरेपछि त्यस बर्षको बलियो र विजेता कहलिन्छ । त्यो प्रचलन आजपनि यथावत छ । त्यसरी शुरूभएको पँयुको काफ्लेको यात्रा अनवरत छ ।

आज इमान्दारीताको राजनिति ओझेलमा परेको छ । चाकडी वाद एवं पैसाको खेलमा सिद्धान्त र विचारलाई पछि पारिएको छ । त्यसैले आज काफ्ले पार्टी र वाद भन्दा माथि उठेर आफ्नो अस्तित्व र समाजको रूपान्त्ररणमा स्वतन्त्र राजनितीको सिद्धान्त लाई अंगिकार गर्न वाध्य भएको छ ।

पँयुका राजालाई आक्रमण गर्न शाह वंशीय राजाले सेना पठाए तर त्यहाँका राजाको रक्षामा कमाण्डर काफ्लेहरू थिए फलस्वरूप धेरैपटक हार व्यहोरेर फर्केका थिए । काफ्लेहरूको कमाण्ड तोड्नलाई शाह वंशिय राजाका सेनासँग कुनै तोड थिएन । उनिहरू ठूलो मौकाको पर्खाइमा थिए । जुन मौका (अवसर) उनिहरूले पँयुकी रानी रजस्वलाको पिडाले मुर्छित भएको कारणले राजाले आफ्ना काफ्ले कमाण्डरहरुलाई खटाई रानिको उपचारार्थ वैद्य कहाँ लैजादै गरेको र दरवारमा काफ्लेहरू नभएको मौका छोपी आक्रमण गरि पुँयुका राजालाई धेरै पटकको प्रयास पछि हराएको इतिहास साक्षी छ ।

पँयुवासी आत्मसमर्पण गर्न जान्दैनन्, हार कदापी स्विकार गर्दैनन् । जसको ज्वलन्त उदाहरण पँयुका राजा लगाएत घेराबन्दीमा परेपछि त्यहाका ‘नायव-साहेव’ ले दुष्मन संग आत्मसमर्पण नगरी बारूदको साहारामा जलेर देहत्याग गरेको इतिहासले स्पष्ट हुन्छ । जसको ज्वलन्त उदाहरण पँयुको त्रिवेणीमा नायव-साहेवको नाममा मंदिर अवस्थित छन् । शरिरमा आजपनि पोलेको फोका जस्तो उठ्यो भने त्यस मंदिरमा पुजाआजा गर्दा रोग निकोहुने धार्मिक विश्वास आजपनि छ ।

आज इमान्दारीताको राजनिति ओझेलमा परेको छ । चाकडी वाद एवं पैसाको खेलमा सिद्धान्त र विचारलाई पछि पारिएको छ । त्यसैले आज काफ्ले पार्टी र वाद भन्दा माथि उठेर आफ्नो अस्तित्व र समाजको रूपान्त्ररणमा स्वतन्त्र राजनितीको सिद्धान्त लाई अंगिकार गर्न वाध्य भएको छ ।

जय जनता ! जय जनमत !

(काफ्ले आगामी प्रतिनिधि सभाको लागि नवलपुर क्षेत्र नं १ को स्वतन्त्र उम्मेदवार हुन् ।)

वि.सं.२०७९ साउन ७ शनिवार १७:०५ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...