back
CTIZAN AD

दक्षिण कोरियामा २४ घण्टामा एक लाख बढीमा कोरोना संक्रमण

वि.सं.२०७९ साउन १२ बिहीवार

591 

shares

सियोल, दक्षिण कोरिया । दक्षिण कोरियाले कोभिड–१९ सङ्क्रमण दर बढेको र पछिल्लो २४ घण्टाको अवधिमा थप एक लाख दुई सय ८५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

यससँगै यहाँ अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या एक करोड ९४ लाख ४६ हजार नौ सय ४६ पुगेको स्वास्थ्य अधिकारीहरूले बुधबार बताए ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) अनुसार दैनिक सङ्क्रमण भार अघिल्लो दिन ९९ हजार तीन सय २७ रहेकोमा यो सङ्ख्यामा वृद्धि भई एक लाख दुई सय ८५ पुगेको छ । एक हप्ताअघि यो सङ्ख्या ७६ हजारभन्दा बढी थियो । गतहप्ता पुष्टि गरिएका घटनाहरूको दैनिक औसत सङ्ख्या ७२ हजार सात सय ३५ रहेको थियो ।

नयाँ सङ्क्रमितमध्ये विदेशबाट आएका पाँच सय ३२ जनामा सङ्क्रमण देखिएको बताइएको छ । यहाँ गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा नौ जना बढेको र कूल एक सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा थप २५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । योसँगै यहाँ कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या २४ हजार नौ सय ३२ पुगेको छ भने अहिलेसम्म मृत्युदर शून्य दशमलव १३ प्रतिशत रहेको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ साउन १२ बिहीवार ०७:३७ मा प्रकाशित

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...