Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

युएई नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न



yekta-samaj-uae-2073-2

” प्रबासी नेपालीहरुको हकहित र मताधिकारको ब्यवस्था तथा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरौं र संघीयताको खारेज गरौं” भन्ने मुल नाराका साथ भव्य एवं शानदार रूपमा युएईका सात वटै राज्यको क्षेत्रीय समितिका प्रतिनिधि तथा पर्यवेक्षकहरु व्यापक उपस्थितिमा २४ मार्च २०१६ शुक्रबारका दिन सम्पन्न भएको छ । सो समारोहलाई युएई नेपाली एकता समाजका संस्थापक कृष्ण भुसालले मजदुरहरुको गडगडाहट तालीका बिच मैनबत्ती बालेर उद्घाटन गर्नु हुदै “मजदुरको हक र अधिकार आम रुपमा एकता र संघर्ष बिना प्राप्त गर्न नसकिने बताउदै अहिले राष्टियता, जनतन्त्र र जनजिविकाको साझा सवालमा एकजुट हुनु पर्ने कुरामा जोड दिनुभयो ।

उद्घाटन समारोहका अध्यक्षता राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक कृष्ण के. सि. ले र संचालन महासचिव प्रेमराज भण्डारीले गर्नुभएको थियो । एकता समाजका सक्रिय सदस्य यम पुनले स्वागत मन्तब्य राख्नु भएको थियो भने रक्तिम कलाकारहरु साबित्रा एम सि र बसन्त घर्ती मगरको कलाकार टोलिले ” मधेसी पहाडी हिमालका हिमाली सयौं जाति जनजाती हामि सबै नेपाली” शिर्षकको गितको प्रस्तुतिबाट स्वागत गरेका थिए ।

विभिन्न क्षेत्रबाट उपस्थिति जनाई सम्मेलन सफलताको शुभकामना दिने अतिथिहरुमा रक्तिम युएईबाट साबित्रा एम सि, अमलक्विन क्षेत्रीय समितिबाट खुमराज पौडेल, रसलखेमा क्षेत्रीय समितीबाट महेश शर्मा , दुबई क्षेत्रीय समितिबाट बसन्त घर्ती मगर, अबुधावी क्षेत्रीय समितिबाट योगेन्द्र थापा, दलित एकता संजालबाट ललन बिश्वकर्मा, महिला बिभागबाट साबित्रा घिमिरे, अवुधावीद्वारा खुम प्रसाद पौडेल, प्रगतिशील पत्रकार संघबाट भानुभक्त शर्मा , रसलखेबाट चुडामणिा शर्मा पौडेल र बिशेष अतिथि पुर्व कोषाध्यक्ष लेखनाथ अधिकारी हुनुहुन्थ्यो ।

साथै अन्तर्राष्ट्रिय नेपाली एकता समाज अध्यक्ष गंगा पौडेल र महासचिव शोभाकान्त लामिछाने लगायत विभिन्न देशका एकता समाजद्वारा पठाइएको शुभकामना संदेशहरु पढेर सुनाइएको थियो । अन्तमा सो उद्घाटन समारोहका सभापति कृष्ण के. सिले अब बन्ने नयाँ कार्य समितिले अरु नयाँ उचाइमा संगठनलाई अघि बढाउदै मजदुरहरुको हक हितको निम्ति उल्लेखनीय काम गर्ने छ भन्ने आशाका साथ शुभकामना राख्दै उद्घाटन समारोहको समापन गर्नुभएको थियो ।

yekta-samaj-uae-2073-1दोस्रो चरणको कार्यक्रम “बन्दसत्र” ३ सदस्यीय अध्यक्ष मन्डल संयोजक कृष्ण भुसालको नेतृत्वमा रहेको समितिमा भानुभक्त शर्मा र साबित्रा एम सि हुनुहुन्थ्यो । बन्दसत्रको अध्यक्षता कृष्ण भुसाल र संचालन भानुभक्त शर्माले गर्नुभएको थियो । बन्दसत्रका जरुरी नियमहरु अवगत गराए पछि संगठनात्मक प्रतिबेदन कृष्ण के. सि ले र आर्थिक प्रतिबेदन लेखनाथ अधिकारी ले प्रस्तुत गर्नुभएको प्रतिवेदन आवश्यक छलफल पछि एकमतले ती प्रतिवेदनहरु पारित गरेको थियो । अध्यक्ष मन्डल संयोजक कृष्ण भुसालले १९ सदस्यीय नयाँ कार्य समितिको प्यानल प्रस्तुत गर्नुभएको थियो ।

सो प्यानललाई पनि हाउसमा छलफल पश्चात सर्वसम्मतिबाट पारित गरिएको थियो । जस अनुसार नयाँ कार्यसमितिको पदाधिकारीहरुमा अध्यक्ष शिवराज जैसी, वरिष्ठ उपाध्यक्ष जय बहादुर बि. क. अन्य उपाध्यक्षहरुमा शान्त गिरि र जि.एन शर्मा गरि ३ उपाध्यक्ष, महासचिव धन सिंह पुलामी , सचीव बिष्णु गैरे , कोषाध्यक्ष एकराज रिजाल, सह-कोषाध्यक्ष हर्कबहादुर नेपाली र सदस्यहरुमा पुष्पमणि शर्मा, गम भण्डारी, साबित्रा एम सि, साबित्रा घिमिरे, बिशाल बस्नेत, महेश शर्मा, तुल्सा थापा, अर्जुन उपाध्याय, योगेन्द्र थापा र बैकल्पिक सदस्य दिनेश थापा र ललन बिश्वकर्मा रहनु भएको छ ।

साथै ३ सदस्यीय सल्लाहकार समितिमा कृष्ण भुसाल, प्रेमराज भण्डारी र कृष्ण के सि रहनु भएको छ । अन्तिम चरणको कार्यक्रम घोषणा सभाको अध्यक्षता कृष्ण के. सि र संचालन भानुभक्त शर्मा रहेको रहेको थियो । खुमप्रसाद पौडेल, लेखनाथ अधिकारी, साबित्रा घिमिरे, महेश शर्मा, ललन बिश्व कर्मा, शि राज जैशी र कृष्ण के सिले नवनिर्बाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नु भएको थियोे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्