
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले दुई करोड ६५ लाखको बीमा दाबी भुक्तानी गरेको छ ।
इन्स्योरेन्सले २०७८ साल पुस २१ गते भारतको मलानपुरमा भएको सडक दुर्घटनाका कारण भएको क्षति अन्तर्गत हाइटेन्सन स्वीचगियरलाई दुई करोड ६५ लाख ७४ हजार ८४८ को बीमा दाबी भुक्तानी गरेको हो ।
सगरमाथा इन्स्योरेन्सका भक्तपुर शाखाका प्रमुख भरत अधिकारीले बिहीबार सो रकम बराबरको चेक स्विचगियरका अध्यक्ष द्वारिका श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७८÷०७९ मा एक अर्ब ८५ करोड बराबरको रकम भुक्तानी गरेको थियो ।