back
CTIZAN AD

तिज दोहोरी समकोपिला /डाली

वि.सं.२०७९ साउन १४ शनिवार

1.1K 

shares

गणेश लोहनी
चितवन हाल पोल्याण्ड

१. चेलीः
अमेरिका दाइ पनि
थाङ्ने भिषा बाउ आमा नि उँधै बरिलै
युरोप तिर भाइ पनि
––––––
नेटमा आउँछ दर पनि
कर्म–घरमै माइती सम्झि रुँदै बरिलै
बिर्सिए कि घर पनि

१ः दाजु :
दर पठा’छु नेटमा
रमाएर यो तिजमा नाचे बरिलै
बेलिबिस्तार भेटमा
––––––
अनलाइनमा भेटने हो
रमाउँदै नाच्दै कम्मर भाँचे बरिलै
न्या’श्रो पनि मेट्ने हो

२. चेली :
दर पनि झिक्या’छु
एक झल्को माइती देख्न पाइन बरिलै
नाच्न पनि सिक्या’छु
–––––––
उपहार नि पा’कोछु
माइती घरको आँगन टेक्न पाइन बरिलै
राम्रै ला’को खा’कोछु
२. भाइ :
टाढा भयो दाइ पनि
यो तिजमा दिदी लिन आइन बरिलै
नजिक छैन भाइ पनि
–––––––
तिज नजिकै आए नि
भाइको धर्म पूरा गर्न पाइन बरिलै
मनमा रहर छाए नि

३. चेली :
दर पठाए दाइले नि
रमाइ रमाइ यै’आँगनमा नाच्छु बरिलै
खवर ग–यौ भाइले नि
––––––––
दाजुभाइको माया ले
न्यानो मीठो माया पिउँदै बाँच्छु बरिलै
आफ्ना दायाँ बायाँले

३. बुवा :
कोरोनाको काल भयो
बिदेशमै जिन्दगी यो अड्क्यो बरिलै
बन्दा बन्दी चाल् भयो
––––––
परिस्थिति त्यस्तै भो
तीम्रो माया मनमा अति खड्क्यो बरिलै
जीवन व्यस्त व्यस्तै भो

४. चेली :
सन्देश ल्यायो हावा ले
हर्ष आँसु आँखाभरि टम्म बरिलै
सम्झनु भो’ बाबाले
–––––––––
टिकेकिछु खासमा
ओछ्याएर आँखा बाटोसम्म बरिलै
माइती आउने आसमा
४. आमा :
भाका छोपि गाउँनलाई
पंछी भए उडिउडि आउँथेँ बरिलै
पाइन छोरी आउँनलाई
–––––––––
चन्द्र की चकोरीलाई
अँगालेर माया गर्न पाउँथेँ बरिलै
मेरी प्यारी छोरीलाई

५. चेली :
झल्को साह्रै लाइरा’छ
आमा सम्झि यो मन साह्रै रो’छ बरिलै
कलेजी नै खाइरा’छ
–––––––
छैन नि त्यो लाखमा
मनको घाउमा मलम ला’उने को छ बरिलै
जे छ मातृ काखमा
५. आमा ः
तार खवर भा’कै छ
कसिलो छ मायाको यो डोरी बरिलै
हेर्न बोल्न पा’कै छ
–––––––
यो बर्षलाई यस्तै भो’
चित्त बुझाएर बस छोरी बरिलै
सबै व्यस्त व्यस्तै भो

भाकाः बरिलै (तीजको गीत)
अक्षरसंरचनाः
पात : ४+३ = ७ (४ मा विश्राम)
मुनाः ४+४+२+३=१३ (४ र ८ मा विश्राम)
गायनक्रमः (पात +पात)×२, मुना ×२

वि.सं.२०७९ साउन १४ शनिवार ०८:०९ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...