देशभक्त सिंह कुँवर
मझेरीपाटन पोखरा–१४, कास्की
जुनुन ती सपनाहरूले आफ्नै सपनाहरू खोज्दै गर्दा
प्रणय क्यानभासका ऐनामा लाखौं पटक हेर्दा पनि
सक्षम सफलताहरु पिएर लामो सास फेरिरहदा
आफुलाई संसारकै बडो उत्कृष्ट बलिसत प्रेम देख्छन्
त्यही बलिसत प्रेमका जिजिबिषाहरुमा
आफुलाई कमजोर हुन नदिन
जीवनको भोगाइहरुबाट
जीवनले
जिन्दगीका आधारहरु सिकिरहँदा
समयका आगोहरुले मलाई
म आफै भन्दा पनि अथाह मार्गदर्शनहरु
सिक्नै नपर्ने स्वप्निल सिकाईहरुले सिकाईदिएको छ
र
त्यही मार्गदर्शनका उपलब्धिहरुले
मलाई तिमीसम्म ल्याई दिएको छ ।
यस्तै कारणका अवशेषहरुलाई
तिम्रो निम्ति पुर्णरुप दिनको लागी
आफ्नै अठोटभित्र अटल मायाको मीठो बन्धनमा
म
आज
निश्चल अभिलाषा ओढेर मनभित्र कैद भैसकेको छु ।
र
त्यसदिनदेखि
मैले
बालुवामा बर्षौंदेखी पानी हाल्दै आइरहेकोछु
अचम्मित नहुनु प्रिय
हेर ! तिम्रो अगाडि
म
एकदिन
यो बालुवालाई पानीले बगाएर देखाउनेछु ।
मैले
यतिखेर पहाड फोर्न लागेको छु
तिमीले खिल्ली उडाउनु पर्दैन
हेर ! तिम्रो सामुन्ने
म
एकदिन
यो पहाडलाई मैदान बनाएर देखाउनेछु ।
मैले
डोकोमा सधैं दूध दोहिरहेको छु
अनौठो कत्ती पनि नमान प्रिय
हेर ! तिम्रो आँखा अगाडि
चुहावट नहुने डोको निर्माण गरेर
एकदिन
म
यो डोकोमा दूध भरेरै कुडिमा खनाएको देखाउने छु ।
मैले
बर्षौंदेखी आफू उभिएकै हाँगामा बसेर
उभिएकै हाँगा आफैले काटिरहेको छु
जे भनेपनि भन मेरा कानहरु थाक्ने छैनन्
मेरो मन कत्ति दुख्ने छैन
तर
यो हाँगा काटिएर खसेछु भने पनि
मलाई कुनै पश्च्याताप हुने छैन
किनकी
यो हाँगाबाट
म
हजार पटक खसिसकेको छु
अब
एकदिन
म
यो हाँगाबाट जसरि खसेपनी
कुनै चोटपटकहरुले
घाईते बनाएर असरगर्न नसक्ने मान्छे बन्नेछु
र
तिम्रो नजर सामु
म
अवस्य पनि
वीर भएर देखाउने छु ।
मैले
रातदिन
तलतिर बगेको खोलालाई
मास्तिर फर्काउन लाखौं कोशिश गरिरहेको छु
तर
एकदिन
म
यो खोलालाई तिम्रो आँखा अगाडि नै
मास्तिर फर्काएर सलल बगाउने छु ।
मैले
बर्षौंदेखी
हावा मात्र खाएर बाँचिरहेको छु
भोक प्यासका असंख्य प्रहरहरु
सहदा सहदै
ऐले त मलाई भोक प्यासनै लाग्दैन
त्यसैले
एकदिन
भोक प्यास बिना पनि
म
तिम्रो अगाडि जिन्दगीभर बाँचेरै देखाउने छु ।
मैले
बर्षौंदेखी अंध्यारोमा बस्दै आइरहेको छु
मलाई उज्यालो भन्ने नै थाहा हुन छोडिसक्यो
तर
कुनै न कुनै दिन
अंध्यारोमा पनि उज्यालो हार्न सक्ने
अंध्यारोको मन्दिर बनाउने छु
जुन मन्दिरमा
तिम्रो आँखाको डिलबाट उज्यालोहरु
एकदिन
आँसु बनेर भत्कने छन् ।
यिनै अंध्यारोको अर्थहरु म तिमीलाई देखाउने छु ।
मैले
यतिबेला संसार घुम्ने यात्रा पनि
एक पाईलाबाट सुरु गरेको छु
जहाँ खर्बौ खर्बौ पाइलाहरु
निरन्तर अघि बढिरहेका छन्
यहि जोशिलो अभियानहरु सफल बनाएर नै
तिम्रो सामुन्ने
म
एकदिन
यहि जुनिमा संसारको यात्रा पुरा गरेरै देखाउने छु ।
मैले
बर्षौंदेखी आफू उभिएकै हाँगामा बसेर
उभिएकै हाँगा आफैले काटिरहेको छु
जे भनेपनि भन मेरा कानहरु थाक्ने छैनन्
मेरो मन कत्ति दुख्ने छैन
तर
यो हाँगा काटिएर खसेछु भने पनि
मलाई कुनै पश्च्याताप हुने छैन
किनकी
यो हाँगाबाट
म
हजार पटक खसिसकेको छु
अब
एकदिन
म
यो हाँगाबाट जसरि खसेपनी
कुनै चोटपटकहरुले
घाईते बनाएर असरगर्न नसक्ने मान्छे बन्नेछु
मैले
धेरै भयो प्रिय
हत्केलाले सुर्यलाई छेकिरहेको छु
तिमीले बारम्बार मलाई भन्ने गर्छउ
कसरी सम्भब छ हत्केलाले सुर्यलाई छेक्न ?
म भन्छु सम्भव छ
मैले एकदिन यति ठुलो हात बनाउने छु
जुन हातहरुले सुर्यको चर्को घाम मात्र होईन
तिम्रो सम्पुर्ण सम्झनाहरु पनि छेक्ने छु
जुन सम्झनाहरु सम्झेर मलाई कहिल्यै रुन नपरोस् !
यहि चोटको कारण
एकदिन म
यी सबै चुनौतीहरु पार गरेरै तिमीलाई देखाउने छु ।
मैले
अनगिन्ती समयहरु पिएर
मृत्यु सङ्ग लडाइ गर्दै आईरहेको छु
म
मृत्यु सङ्ग हारेको छैन
मृत्युलाई जित्ने प्रयासमा मृत्युुको युद्ध भुमिमा होमिएको छु
र
मलाई दृढ़ बिश्वास छ
मैले मृत्युको अहंकारलाई जितेर
एकदिन तिम्रै अगाडि
कहिल्यै पनि नमर्ने अजम्बरी मान्छे बनेर देखाउने छु ।
मैले
पुर्वबाट उदाउने सुर्यलाई
पश्चिमबाट उदाउन लगाउने छु
के यो सम्भव छ भनेर मलाई पागल नभन तिमी
यो एकदम सम्भव छ प्रिय
पुर्वबाट उदाईरहने सुर्यलाई
म
एकदिन तिम्रो सामु पश्चिमबाट झुल्काउने छु
र
पुर्वको घाम पश्चिममा अस्ताउने होईन
पुर्वमा नै अस्ताउने छ
र
पश्चिमबाट उदाएको घाम
अब पुर्वमा अस्ताउने छ
सुन त
पुर्व
पश्चिम हुनेछ
पश्चिम
पुर्व हुनेछ
उत्तर
दक्षिण हुनेछ
र
दक्षिण
उत्तर हुनेछ
किनभने प्रिय
मलाई
पुर्वबाट आएको तिम्रो घामले सधैं झुक्काई रहयो
उत्तर
र
दक्षिणहरुले हरपल कोक्काई रहयो
पश्चिमले पनि जिस्काई रहयो
जिन्दगी सधै एकनास चलिरहदैन
समय सधै एउटै रफतारमा चलिरहदैन
र
सपनाहरू पनि सधैं एकै प्रकृतिपमा चलिरहदैन
मैले
तिमीलाई यति भन्नका रहस्य केही छैन प्रिय
म
हार
असम्भव
र
पराजितलाई स्वीकार गर्न नसक्ने सपना हुँ
मेरो जीवन यात्रामा कायरता दर्शाउने शब्दहरु
शब्दकोषमा नै छैन
म
बोलेर होइन प्रिय
गरेर देखाउने एउटा विपनिल युगविजय हु
म
सुनेको भरमा होईन
प्रत्यक्ष रुपमा देखेको दृश्यलाई मात्र
चिन्तन मनन गर्ने एउटा दिग्विजय हुँ
म
जीत
विजय
र
निडरतालाई आफुलाई भन्दा बढी माया गर्छु
तिमी जे सुकै गर त्यो तिम्रो अधिकार
र
स्व–ईच्छाको बिषय हो
यसमा मैले तिमीलाई केही भन्नू छैन
तर
तिमी मेरो लागि कहिल्यै आफ्नो नहुने स्मृति हौ
जुन स्मृतिलाई मैले सम्झन त सक्छु
बिर्सन सक्दिन
जुन कथाहरुलाई
बिर्सन त सक्छु
चाहेर पनि दिलबाट मेटाउन
जीवनभर कहिल्यै सक्दिन प्रिय
मैले
यतिबेला तिम्रो नाममा होईन
मेरै नाममा पनि होइन
प्रेमील संसारको लागि प्रेमकै नाममा
संसार बदल्न चाहेको छु
यो मेरो रहर बाध्यता केही होइन प्रिय
संसारमा
केवल प्रेम विरता हासिल गर्नका लागि
सृष्टि रचना गर्न
अघि बढाईएको अनमोल संघर्षहरु हुन्
त्यसै अनुरुप
मनको ईश्वर सङ्ग मन मिलाएर भगवान बन्न चाहन्छन्
पवित्र मनका मन्दिर भित्र
सक्कली मनका न्याय अन्यायका तराजु विधाताहरु
तिनै विधाताहरु सङ्ग मेरा बहुमुल्य सपनाहरू
संसार रहे पनि नरहे पनि
संसार परिवर्तनका प्रेम सवारहरुमा
आफ्नै मुटु, कलेजो चिरिदाँ पनि अत्याधिक प्रसन्न छन्
यहि खुशीका उत्सवहरु आज म तिमीलाई देखाउने छु प्रिय
हो,
यहि खुशीका उत्सवहरु आज म तिमीलाई देखाउने छु प्रिय ।
लेखकको ‘जिन्दगीका रङ’ कविता संङ्ग्रहबाट लिइएको
वि.सं.२०७९ साउन १४ शनिवार ०८:११ मा प्रकाशित






























