कवि काफ्ले, दोलखा
१.
गाऔँ सुसेली
मीठो लय नबुझ्ने
भन को हो नि ।
२.
यो छ कोसेली
मिठा मिठा भावमा
लेखौँ सुसेली ।
३.
सुरिलो भाका
जतासुकै घन्किन्छन्
पखेरा पाखा ।
४.
आँधी हुरी हो
सुसेलीको उचाइ
कस्तो चुलियो ।
५.
लायो मोहनी
सुसेलीको भाकाले
खाएको छ नि ।
६.
हिउँ टल्कियो
सुसेलीको भाकामा
देशै झल्कियो ।
७.
आफ्नै माटोमा
सधैँ लेख्छु मुटुको
दायाँ पाटोमा ।
८.
यो हो सम्पती
बल्ल बुझेँ दुःखको
कडा औषधि ।
९.
सबै भुल्दिन्छु
सुसेलीको बागमा
सधैँ फुल्दिन्छु ।
१०.
आए कविजी
सुसेलीको मोहले
दङ्ग रविजी ।
वि.सं.२०७९ साउन १४ शनिवार ०८:१४ मा प्रकाशित






























