back
CTIZAN AD

छन्द कविता : असार आयो अब रोप्न थालूँ

वि.सं.२०७९ साउन १४ शनिवार

813 

shares

मचिन्द्र खत्री, धरान

हलो समाई, अब जोत्न थालूँ
गरो र आली अब पोत्न थालूँ ।
मुरी र मानो तब फल्छ राम्रो
असार आयो अब रोप्न थालूँ ।। १

प्रभात भाले जब बास्छ साथी
झुले र मालेसँग साथ राति ।
फिरेर आएँ घरबास मालु ।
असार आयो अब रोप्न थालूँ ।।२

ल हेर अग्ला सब बीउ देख्छु
घुमेर साँबा अनि आली छेक्छु ।
म खान्छु खाजा उसिनेर आलु
असार आयो अब रोप्न थालूँ ।।३

जुना र कैली जब रोप्न थाल्छन्
गला र भाका स्वर एक हाल्छन् ।
ठुली र सानी अति छन् लजालु
असार आयो अब रोप्न थालूँ ।।४

हिलो बनायो गजबै छ दाँदे
छ एक गोरू शिरमाथि चाँदे ।
यतै छ सानो वन लाग्छ भालु
असार आयो अब रोप्न थालूँ ।।५

च्युरा दहीको दिन पन्द्र हो यो
र आँप केरा जब मिल्छ जो त्यो ।
मुछेर खाजा भरपेट हालूँ
असार आयो अब रोप्न थालूँ ।।६

झमक्क ठूलो जब पर्छ साँझ
पिलिक्क झिल्को अब गर्छ काज ।
टरर्र पाहा गर छन्द चालु
असार आयो अब रोप्न थालूँ ।।७

छ गीत मीठो धुन यो असारे
गला छ मीठो सुन ए सुसारे ।
सकिन्न मेलो पनि राख्नु चालु
असार आयो अब रोप्न थालूँ ।।८

बले र हर्के पनि आज आए
भरेर डोको मल शुद्ध ल्याए ।
हुँदैन रोपो अब यो विषालु
असार आयो अब रोप्न थालूँ ।।९

अनौँ र लौरो दिलले समाई
असार भन्दै सहजै रमाई
ह आ ह होरा जब भन्छ कालू
असार आयो अब रोप्न थालूँ ।।१०

सिमे र भूमे अनि देवदेवी
पुकार गर्दा मन भो सफेदी।
पुजेर धर्ती म हिलो पगालूँ
असार आयो अब रोप्न थालूँ ।।११

शब्द र अर्थ : मालु = ठाउँ बिशेष
छन्द : उपेन्द्रवज्रा

 

वि.सं.२०७९ साउन १४ शनिवार ०८:१५ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...