खगेन्द्र प्रसाद वस्याल
पाल्पा, हाल रुपन्देही
१
रचना चोरी
राम्रा लुगामा
भए फोहरी
२
बिगारे गाथा
जोगी बनेर
सगरमाथा
३
साउन आयो
फुटेका गरा
आँखा रसायो
४
नेताका कुरा
गोहीका आँशु
मनमा छुरा
५
मनमा छिया
हुन्छ कि शान्त
लिइयो चिया
६
भए बेपत्ता
कतै देखिन
सक्कली नेता
७
नामका भोका
हुनेछन् पक्कै
पानीका फोका
८
पाएन लय
बिदा हुने भो
अरुणोदय
९
हटेन बानी
मन पराए
धमिलो पानी
१०
गर्मीको धुप
थपिए अझै
शकुनि रुप
वि.सं.२०७९ साउन १४ शनिवार ०८:१६ मा प्रकाशित






























