back
CTIZAN AD

ओमान नेपाली एकता समाजको अध्यक्षमा छविलाल बस्नेत

वि.सं.२०७९ साउन १४ शनिवार

1.1K 

shares

ओमान । नेपाली एकता समाज ओमानको तेस्रो राष्ट्रिय सम्मेलनले छबिलाल बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

‘संसारका मजदुर एक हौँ मजदुर एकता आजको आवस्यकता’ भन्ने मुल नाराका साथ ओमानको मस्कटस्थित अजैबा होटल अपार्टमेन्टमा जुलाइ २९ मा सम्पन्न भेलाले समाजको प्रथम उपाध्यक्षमा बिष्णु प्रसाद अर्याल, द्धितीय उपाध्यक्षमा सोभाराम पुन, महासचिवमा सालिकराम आचार्य, सचिवमा टुक बाहादुर रामदाम, सहसचिवमा मनु सुनार, कोषाध्यक्षमा दिपक रम्तेल, सहकोषाध्यक्षमा लक्ष्मी रायमाझी चयन गरेको छ ।

त्यसैगरी कार्यसमितिको सदस्यहरुमा याम प्रसाद पौडेल, राजु सुनार, भिमलाल गिरी, रमा बराइली, आस्मा गौतम, आकाश नेपाली, रिता चौधरी र २ रिक्त साथै बैकल्पिक सदस्यहरुमा पुनाराम पोख्रेल, धनु कुँवर, कृष्ण पहाडी र चुमन गिरी चयन भएका छन् ।

त्यस्तै समाजको सल्लाहकारमा भानुभक्त खनाल, गौतम श्रेष्ठ र मञ्जु बाँनिया रहेका छन् ।

नेपाली दुतावास ओमानका द्धितीय सचिव सोमेस थापाको प्रमुख आतिथ्यता रहेको उक्त सम्मेलनमा अन्तराष्ट्रिय नेपाली एकता समाजका सदस्य छबिलाल बस्नेत तथा ओमानका सक्रिय बैचारिक संगठनका प्रतिनिधीहरु, जातीय, क्षेत्रिय बिभिन्न सामाजिक संस्थाहरुका प्रतिनिधी अतिथि रहेको सो कार्यक्रमको सभापति माया श्रेष्ठ रहेकी थिइन् ।

No description available.

सम्मेलनमा मनु सुनारको स्वागत मन्तव्य, महासचिव सालिकराम आचार्यको कार्यक्रम संचालन रहेको थियो भने सम्मेलन संयोजक आकास नेपालीबाट नबनिर्वाचित केन्द्रीय समितीको नामवली घोषणा गरिएको थियो । साथै कार्यक्रमकी सभापति श्रेष्ठले नवनिर्वाचित कर्यासमितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएकी थिइन् ।
कार्यक्रममा उपस्थित अतिथिहरुले नयाँ कार्यसििमतिलाई बधाई दिनुका साथै आगामी कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए ।

कार्यक्रममा रक्तिम परिवार ओमानको बिजोड प्रस्तुतिले रमाइलो वातावरण बनेको थियो । उक्त कार्यक्रमकै बिचमा समाजमा सक्रिय हुन चाहाने व्यक्तिहरुले समाजको सदस्यता लिएका थिए ।

वि.सं.२०७९ साउन १४ शनिवार १०:१९ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...