back
CTIZAN AD

रवि लामिछानेको पार्टीमा प्रवेश गर्न पाइने तर पद खोज्न नपाइने

वि.सं.२०७९ साउन १७ मंगलवार

927 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टीमा प्रवेश गर्न पाइने तर पद खोज्न नपाइने बताएका छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले आफ्नो पार्टीमा पद खोज्न आउनेलाई प्रवेश नै नदिने बताएका हुन् ।

लामिछानेले आफ्नो पार्टीमा प्रवेशका क्रममा पद तोक्नेलाई पार्टी र आफ्नो जीवन रहेसम्म प्रवेश नदिने समेत बताएका छन् ।

उनले अन्य पार्टीमा पद नपाएका कारण पदकै लागि आफ्नो पार्टीमा आउन खोज्नेलाई ठाउँ नभएको भन्दै भने–‘जसले ती पार्टीमा बेथिती रह्यो,मैले चिर्न सकिन भन्छ त्यस्ता मान्छेलाई स्वागत छ ।’ लामिछानेले भने ।

May be an image of 3 people, people standing and crowd

लामिछानेले कर्णालीको मुहार फेर्ने कामको सुरुवात कर्णालीबासीले नै गर्नुपर्ने बताउँदै त्यसका लागि कर्णालीवासीले आफ्नो भोट फेरेर गर्न सक्ने बताए । ‘तपाईले हाल्ने मतबाहेक तपाईंको भाग्य बदल्ने अरु कुनै उपाय छैन’ लामिछानेले भने ।

यसपाली पनि आफ्नो मत फेर्न चुके पाँचवर्ष पुनः दुःख पाइने बताए । ‘यसपटक पनि मत फेर्न सकेनौं भने फेरि अर्को ५ वर्षका लागि यही सुनाउनुपर्नेछ, तर मलाई थाहा छैन आफ्नो सुविधा सम्पन्न जीवन छाडेर अर्को हर्क साम्पाङहरु, अर्का स्वतन्त्र उम्मेदवारहरु आउँछन्, आउँदैनन्, अर्का बालेनहरु र गोपी हमालहरु आउँछन् कि आउँदैनन् ?’

वि.सं.२०७९ साउन १७ मंगलवार १६:४८ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...