
काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा सामान्य करेक्सन आएको छ । केही दिनदेखि बढेको बजारमा मंगलबार २.८१ अंकले गिरावट आएको छ । जससँगै नेप्से सूचक २१९३.४३ बिन्दुमा पुगेको छ ।
मंगलबार २१७० विन्दुसम्म झरेको नेप्से सूचक अन्तिम समयमा पुनः बढेर २१९३ विन्दुमा बन्द भएको छ। आज कारोबार रकम भने घटेको छ। सोमबार ४ अर्ब बढीको शेयर कारोबार भएकोमा मंगलबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको ७८ लाख १३ हजार १०२ कित्ता शेयर कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक नकारात्मक छन्। फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहमा लगानीकर्ताको आकर्षण रहँदा यी तीनै उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।
कारोबारमा आएका कम्पनीमध्ये ९२ कम्पनीले गुमाउँदा ८२ कम्पनीले भने नाफा कमाएका छन् । ६ कम्पनीको शेयरमूल्य भने यथावत् नै रहन पुग्यो ।
आज शिवम् सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।