back
CTIZAN AD

सत्ता गठबन्धन दलका शिर्ष नेतृत्वहरुको बैठक बस्दै

वि.सं.२०७९ साउन २० शुक्रवार

654 

shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्न लागेको उक्त बैठकले आगामी मंसिर ४ गतेका लागि घोषित प्रदेश र संघको निर्वाचनका विषयमा छलफल गर्ने बताइएको छ ।

यसअघि स्थानीय तहको निर्वाचनमा जस्तै तालमेल गरेर जाने छलफल गर्दै आएका गठबन्धनभित्रका पाँच दलले संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन गरेरै जाने छलफल गर्दै आएका छन् । आजको बैठकमा सिट बाँडफाँट र चुनावी रणनीतिका बारेमा छलफल हुने बताइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ मा गर्ने घोषणा गरेसँगै गठबन्धनको बैठक बस्न लागेको हो ।

बिहीबार चुनावको मिति घोषणा गरेसँगै प्रतिपक्षी दल एमालेले यसको स्वागत गर्दै मिति घोषणा हुनु अपेक्षित र स्वभाविक भएको बताएको छ भने सत्ता गठबन्धनभित्रका दलले पनि त्यसको स्वागत गर्दै निर्वाचनको तयारीमा होमिन नेता तथा कार्यकर्तामा आव्हान गरेका छन् ।

त्यसैगरी निर्वाचन आयोगले पनि बुधबारै पत्रकार सम्मेलन गरेर दुवै सभाको निर्वाचन गराउन आयोग तयार रहेको बताएको छ ।आयोगका प्रमुख दिनेश कुमार थपलियाले तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन गराउन आफू पूर्ण सक्षम रहेको बताएका छन् । file photo

वि.सं.२०७९ साउन २० शुक्रवार ०८:५८ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...