back
CTIZAN AD

काभ्रेको बेथानचोकमा बुद्धिजीवी सम्मेलन सम्पन्न, गुञ्जमान तामाङ अध्यक्ष चयन

वि.सं.२०७९ साउन २० शुक्रवार

915 

shares

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा नेपाल बुद्धिजीवी संगठनको सम्मेलन सम्पन्न भएको छ ।

नेपाल बुद्धिजीवी संगठनका वाग्मती प्रदेश सचिब भरत गौतम प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) वाग्मती सचिवालय सदस्य मदन कुमार तामाङ र बुद्धिजीवी संगठनका नेता गुणराज गौतम बिशिष्ट अतिथि रहेको सो सम्मेलनले गुञ्जमान तामाङको अध्यक्षतामा १३ सदस्यीय पालिका समिति निर्वाचित गरेको छ ।

नेपाल बुद्धिजीवी संगठन वाग्मती प्रदेश समिति सदस्य एवं बेथानचोक गाउँपालिकाको इन्चार्ज समेत रहेका उद्धव प्रसाद पौडेलको अध्यक्षता र गुञ्जमान तामाङको सञ्चालन रहेको उक्त समेलन नेपाल बुद्धिजीवी संगठनका पुर्व कार्यालय सदस्य गुणराज गौतमबाट उदघाटन भएको थियो ।

ज्ञात अज्ञात सहिदहरु प्रति मौनधारण गरि सुरु भएको सो सम्मेलनमा नेकपा माओवादी केन्द्र बेथानचोक गाउँपालिका कमिटी मेन कुमार लामाको स्वागत भाषण पछि चन्द्र प्रसाद मैनालीले शुभकामना मन्तव्य राख्दै नेकपा माओवादी केन्द्र र नेपाल बुद्धिजीवी संगठन नङ र मासुको जस्तो सम्बन्ध रहेको बताएका थिए । उक्त सम्मेलनमा बिशिस्ट अतिथि रहेका मदन कुमार तामाङले बुद्दिजीवीहरु मालेमावादी सिद्धान्तको आलोकमा खारिएको हुनुपर्ने कुरामा जोड दिएका थिए ।

प्रमुख अतिथि रहेका भरत गौतमले संगठनको संक्षिप्त इतिहास बताउदै पार्टीको क्रान्तिकारी दिर्घजीवनका लागि बुद्धिजीवी संगठनको भूमिका महत्त्वपूर्ण रहेको बताउदै बैचारिक लडाइँ नै प्रमुख रहेको बताएका थिए ।

दोस्रो सत्रमा उद्धव प्रसाद पौडेल, चन्द्र प्रसाद मैनाली र मेन कुमार लामाको निर्वाचन मण्डल बनेपछि निर्वाचन मण्डलका सदस्य मेन कुमार लामाले १३ सदस्यीय समिति घोषणा गरेका थिए । जसमा गुञ्जमान तामाङ अध्यक्ष, केदार जर्घामगर उपाध्यक्ष, रेणुका सञ्जेल सचिब, अप्सरा सापकोटा कोषाध्यक्ष र सदस्यहरुमा तिलक दंगाल, कुन्तिमाया तामाङ, भुवन कार्र्की, केदारनाथ तिमल्सिना, कान्छालाल लामा,सुदिप ओझा,मान बहादुर तामाङ, गोविन्द तिमल्सिना र नकर्ण गौतम रहेका छन् ।

निर्वाचित समितिलाई विशिष्ट अतिथि गुणराज गौतमले सपथ खुवाएका थिए भने निर्वाचित अध्यक्ष गुञ्जमानले संगठनको बिधानले निर्दिष्ट गरिएका विधि बिधान अनुसार चल्न र बौद्धिक भुमिका पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

 

वि.सं.२०७९ साउन २० शुक्रवार ०८:५६ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...