back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ साउन २१ शनिवार

828 

shares

कल्पना अधिकारी भट्टराई
काठमाडौं


आगो बाल्नु छ
लुताहरू धेरै छन्
आजै फाल्नु छ


भ्रष्टाचारीले
देश खोक्रो बनाए
दुराचारीले


स्वार्थ फैलियो
सदाचार मासिँदा
देश वैलियो


कुर्सी ठूलो छ
अर्थतन्त्र राष्ट्रको
साह्रै लुलो छ


गोड्नै पर्छ है
कुकर्मको जालो यो
तोड्नै पर्छ है


लोभी हरामी
बढ्दै गए देशमा
फाल्तु नकामी


मास श्रावण
अगुल्टोले हान्ने हो
दुष्ट रावण


नयाँ धारणा
गर्नै पर्छ देशका
निम्ति साधना


घाउ बल्झिए
हुन्न देश विकास
काम अल्झिए

१०
आगो बालेर
राख्नु हुन्न हरामी
घाती पालेर

साउने संक्रान्ति विशेष

वि.सं.२०७९ साउन २१ शनिवार ०८:१७ मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...