back
CTIZAN AD

छेस्का कविता

वि.सं.२०७९ साउन २१ शनिवार

711 

shares

शिवकुमार रेग्मी
बगनासकाली–२ पोखराथोक, पाल्पा

(१)
पाल्पाली ताज
छेस्काको भित्र
चम्कियो आज ।

(२)
बनाई छवि
चम्किलो रवि
बन्नु छ कवि ।

(३)
विकृति खोली
नङ्ग्याउँ सबै
मिठास घोली ।

(४)
कठै कानुन
नेताले गर्दा
दुःखमा जन ।

(५)
सिसाको घर
बिद्रोही ढुङ्गा
के छ र भर ?

(६)
कुकर्मी छोड
मास्न विकृति
सज्जन जोड ।

(७)
छेस्कामा मान
सभ्य शब्दले
मिल्छ सम्मान ।

(८)
विकृति यस्तै
धर्मको भित्र
फैलियो मस्तै ।

(९)
काटेर बोका
चढाउँ भन्छ
दिएर धोका ।

(१०)
देवले खान्न
काटेर बोका
स्वर्गमा लान्न ।

 

वि.सं.२०७९ साउन २१ शनिवार ०८:१६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...