back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७९ साउन २१ शनिवार

1.3K 

shares

शिवजी मण्डेल बिन्दास, बझाङ


दुख्ने थिएन बेसरी मन भनिदिएको भए,
मेरो जीवनमा अरु नै छन् भनिदिएको भए ।
आज आएर यसरी तड्पिनु पर्ने त थिएन सायद,
मेरो आशा नगर्नु एक वचन भनिदिएको भए ।।


नभएको भए मनमा पीर खुशी हुन्थेँ होला,
तिमी झैँ म पनि आखिर खुशी हुन्थेँ होला,
तिम्रो त भागमा पनि खुशी नै खुशी रहेछ,
भए तिम्रो जस्तै तक्दीर खुशी हुन्थेँ होला ।


तिमी हुनेछौ मेरो दिलकी रानी सहमति जनाउनु,
बिग्रेको छैन अझै पनि आनीबानी सहमति जनाउनु ,
माटोको भर ढुङ्गा ढुङ्गाको भर माटो भनेझैं हामी पनि प्रिया,
एकअर्काको भरमा कटाउला जिन्दगानी सहमति जनाउनु ।


बुन्ने रहेछन् बुझ्नै नसकिने गरि चाल अरूभन्दा,
फसाउनलाई गरे आफन्तले अनेक कमाल अरूभन्दा !
आफन्तको साथ गर्न जोड्नुको मुख्य कारण यहीँ हो साथी,
राम्रो गर्नखोज्दा पाइला पिच्छे बिछ्याउँछन् जाल अरूभन्दा ।


तिम्रो मात्रै याद आउँछ नि अति बेलाबेलामा,
भएको सुन्न पाइयोस् तिम्रै प्रगति बेलाबेलामा
तिमीले पो मलाई सजिलसँग भुलेर टाढियौ प्रिय,
यता छट्पटी हुन्छ पाउँदिन ओखती बेलाबेलामा ।

 

वि.सं.२०७९ साउन २१ शनिवार ०८:१५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...