back
CTIZAN AD

कविता : फलको रहर

वि.सं.२०७९ साउन २१ शनिवार

939 

shares

कृष्ण बाउसे

एउटा बोट थियो
म थिएँ उसको
हाँगाको फल ।

नङ र मासुको प्रेममा
कुन दुष्टको आँखा लागेछ !
हेर्दाहेर्दै
बोटलाई नाङ्गेझार पारियो
र कटमिरो मलाई

पियाइयो
पानीमा कार्बाइड घोलिएको
विषाक्त झोल ।

अनि
चिसा कारागारहरूमा कोचेर

बिरालोले मुसो खेलाएझैँ
खेलाइ खेलाइ
बनाउन पठाइयो मलाई
कसैको भुँडीको
दुर्गन्धित मल ।

न मलजल गर्नेलाई नै
राम्रो पुरस्कार दिन सकेँ
न त दिन सकेँ
खानेलाई नै आरोग्य
केवल नाफाखोरको

स्वार्थपूर्तिको निम्ति
व्यर्थै लुटियो
घामले तातेर
गिलित्तै हुनेगरी पाकेर
चरीको चुम्बन लिँदालिँदै

देहलीला समाप्त गर्ने
मेरो
जीवनको
अन्तिम रहर ।

वि.सं.२०७९ साउन २१ शनिवार ०८:१९ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...