back
CTIZAN AD

कविता : फलको रहर

वि.सं.२०७९ साउन २१ शनिवार

918 

shares

कृष्ण बाउसे

एउटा बोट थियो
म थिएँ उसको
हाँगाको फल ।

नङ र मासुको प्रेममा
कुन दुष्टको आँखा लागेछ !
हेर्दाहेर्दै
बोटलाई नाङ्गेझार पारियो
र कटमिरो मलाई

पियाइयो
पानीमा कार्बाइड घोलिएको
विषाक्त झोल ।

अनि
चिसा कारागारहरूमा कोचेर

बिरालोले मुसो खेलाएझैँ
खेलाइ खेलाइ
बनाउन पठाइयो मलाई
कसैको भुँडीको
दुर्गन्धित मल ।

न मलजल गर्नेलाई नै
राम्रो पुरस्कार दिन सकेँ
न त दिन सकेँ
खानेलाई नै आरोग्य
केवल नाफाखोरको

स्वार्थपूर्तिको निम्ति
व्यर्थै लुटियो
घामले तातेर
गिलित्तै हुनेगरी पाकेर
चरीको चुम्बन लिँदालिँदै

देहलीला समाप्त गर्ने
मेरो
जीवनको
अन्तिम रहर ।

वि.सं.२०७९ साउन २१ शनिवार ०८:१९ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...