सन्जय सुमन
हरिपूर्वा –९, बगेवा, सर्लाही
एकहूल कोलाहल
जब गुञ्जिन्छ
एक लाशको कानमा ।
ती कोलाहल
आफ्ना पक्षपातीजस्तो लाग्छ उसलाई
आभास गर्छ पूनर्जन्मको
र चढ्छ बार्दली ।
आँखा पिल्लिक गर्दैनन्
घमण्ड, अहंकारका रेखाहरू छरपस्ट छन् मुहारमा
डराएको कत्ति पनि छैन
मात्र अस्तित्व विहिन मलामीको लस्कर देखेर
उसलाई सत्ताको याद आउँछ
‘के म अझै सत्तामा छु ?’
वि.सं.२०७९ साउन २१ शनिवार ०८:२१ मा प्रकाशित






























