Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्तो बन्यो डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नामावलीसहित)



काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति घोषणा गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) को असार अन्तिम साता विराटनगरमा सम्पन्न भेलाले पार्टीका संघीय परिषद् अध्यक्ष रहेका डा. भट्टराई लगायतका नौजना कार्यकारिणी सदस्यलाई कारबाही गरेपछि नयाँ पार्टी निर्माणमा लागेका डा. भट्टराइले अन्ततः १८९ केन्द्रीय सदस्यसहितको नेपाल समाजवादी पार्टीलाई पूर्णता दिएका छन् ।

निर्वाचन आयोगमा आँखा चिन्हसहित दर्ता भइसकेको उक्त पार्टीको शनिवार ललितपुरमा सम्पन्न प्रथम केन्द्रीय बैठकबाट केन्द्रीय समितिको घोषणा गरिएको हो ।

अध्यक्षद्धयमा डा. भट्टराई, पूर्वमन्त्री महिन्द्र राय यादव र सहध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई निर्वाचित गरेको छ ।

बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा क्रमशः १ नम्बर प्रदेशमा राजेन्द्र कुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा दुर्गा सोव, भक्तबहादुर शाह, रमेश प्रसाद यादव,  अब्दुल रहमान मुसलमान, अस्मिता सिंह (मानुषी यमी भट्टराई),अमृत कुमार पुरी, मृत बहादुर आचार्य, ईश्वर रिजाल,उपेन्द्रलाल कामी, उमाशंकर यादव, उर्मिला पाण्डे, उमेश साह, एकबहादुर राना मगर,एमपी रिजाल, एसबी स्याङ्तान, कर्णध्वज केसी, कर्णसिंह रतोकी,  किस्मत बिक (रामदाम),केशव राज अर्याल,कैलाश बानियाँ,कृति बहादुर भट्टराई,कृष्ण प्रसाद शर्मा, खुम्बराज खत्री,गजाधर सुनार, गजेन्द्र ठाकुर,गोकर्ण बहादुर थापा क्षेत्री, गोपालबाबु श्रेष्ठ, गोविन्द प्रसाद चौधरी,  चित्र प्रसाद सापकोटा, चिनक कुर्मी, छन्द बहादुर पन्थी, जीतमान पुन, जेकेन्द्र कुमार श्रेष्ठ, जेसिका तामाङ, टीकाराम पौडेल, टीकाराम रेग्मी, टेकबहादुर बाठा मगर, ढाकाराम गौतम, तारादेवी शर्मा, तेजबहादुर थापा, तेजलाल कर्ण, दलबहादुर लिम्बू, दानबहादुर कुर्मी चौधरी, दानबहादुर सहकारी, दावा स्याङ्बो तामाङ, दुर्गादेवी भट्टराई, देवेन्द्र पाण्डेय, देवेन्द्र थापा, धनबहादुर गुरुङ रहेका छन् ।

त्यसैगरी नहेन्द्र प्रधान, नारायण प्रसाद खनाल, नरेन्द्रनाथ योगी, नारायणराज पाण्डे, पवित्रा कुमारी तिमिल्सैना, पंकज राई, फणीन्द्र देवकोटा, बन्दना श्रेष्ठ (सुवेदी), बालकृष्ण खनाल, भक्तिप्रसाद आचार्य, भरतराज दाहाल, भीमबहादुर मल्ल, भीमप्रसाद पराजुली, भीमलाल तामाङ, महम्मद कलाम अन्सारी, महेन्द्र कुमार श्रेष्ठ, महेन्द्र बहादुर शाही, माधवराज गिरी, मीनराज बडु, मीनबहादुर दर्जी, मुक्ति नारायण यादव, मुहम्मद वकिल मुसलमान, मोनिका सिंह (मिन्टु), मो. इजरायल अहमद, यज्ञ प्रसाद पोखरेल, रमेश पोखरेल, राजदेव राम, राजु नेपाल, राजु थापा, राजेन्द्र कुमार किराती, राजेन्द्रप्रसाद देवकोटा, राम रिझन यादव, रामबहादुर बोहरा, रामबाबु थापा, रामकैलाश यादव, रामकुमार पुरी, रामबहादुर घले, रिमबहादुर बस्येल, रोशन पोखरेल, रोहिणी प्रसाद पाण्डे, लालध्वज नेम्वाङ, विनोद कुमार गुरुङ, विमल गिरी,विष्णुप्रसाद आचार्य, वीरबहादुर तामाङ, वीरेन्द्र हरिजन, वेदप्रासद आचार्य, शम्भु बहादुर परियार र शरदमणी खरेल पनि केन्द्रीय सदस्य रहेका छन् ।

त्यस्तै शिव सुन्दर शाही,शिवशंकर यादव,सन्जय पासवान, सरुण बाठा मगर, साधु यादव, सिर्जना रिजाल नेपाल, श्रीचन्द मुखिया, श्रीजना सुवेदी, सुदर्शन खतिवडा, सुनिता काफ्ले, सुनिल खड्का, सुनिल बिक, सुभाष पाण्डे, सुरेन्द्र कुमार पटेल, सूर्यबहादुर राई, सूर्यनारायण मण्डल, सोनामसिं स्याङ्तान, सोमबहादुर थिङ, संजय कुमार साह, संजिव गुरुङ, हरिबहादुर श्रेष्ठ,हरि प्रसाद रिजाल, हरिशरआचार्य, हिक्मत बिश्वकर्मा, हेमबहादुर थापा (पराजुली), होम कुमारी तामाङ (दोङ), ज्ञानेन्द्र कुमाल, दीपक लामिछाने, विमला अर्याल, तारा दवाडी, सावित्री राई, प्रमिला यादव, तारा भण्डारी, सलमा खातुन मिकरानी, मीरा रानी, सुनिता देवी, नुरी मिकरानी, सुनिता देवी यादव, सवनम खातुन, बबिता देवी, फूलतारन कुमारी, रौसनी खातुन, सैरा बानु अन्सारी, सुशीला देवी यादव, सानी श्रेष्ठ, शोभा माझी, अनिता थिङ, आशा लामा, निकिता तामाङ, दिलमाया लामा, वसुन्धरा सापकोटा, न्हुछेशोभा तुलाधर, टीका कुमारी प्रज्ञा, मन्जु थापा मगर, देवी कुमारी क्षेत्री, दुर्गा गुरुङ, लक्ष्मी खाती परियार, नारायणी अधिकारी, धनमाया लामा, ईश्वरी थापा, ज्ञानीदेवी थापा मगर, पूर्णमाया वन्त, लक्ष्मी चौधरी, धनेश्वरी चौधरी, राधा थापा, रमा आचार्य, रेखा गुप्ता, मन्जू चौधरी, मीरा शाह, सरस्वती पाण्डे, मनिका जैसी, सत्यदेवी चापागाईं, कमला धामी, शारदा भट्टराई, ईन्दिरा बस्ताकोटी, विमला पुरी, सानू गुरुङ, सरिता ढकाल, मन्जु मिक्चन तामाङ र शारदा नेपाल पनि केन्द्रीय सदस्य रहेका छन् ।

बैठकले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुने निर्णय गरेकोछ । निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय पनि गरेको सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ