back
CTIZAN AD

गैरआवासीय नेपाली अभियान र अमेरिकामा सृजना गरिएको अन्यौल र यथार्थता

वि.सं.२०७३ चैत १३ आइतवार

972 

shares
पुरुषोत्तम ढकाल लसएन्जलस, क्यालिफोर्निया
पुरुषोत्तम ढकाल
लसएन्जलस, क्यालिफोर्निया

जित्नै पर्ने र जिताउनै पर्ने मानसिकताको हाली मुहालीका विचमा नेपाली अमेरिकनका प्रभावशाली संगठन एएनए जसरी समाप्त प्राय भयो त्यसरीनै यतिबेला गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका प्रतिको नेपाली अमेरिकनको आकर्षण समाप्त पार्ने काम तपाईं, उहाँ र हामि मध्यबाट भैरहेको छ । संस्थाको जिवनमा कर्मयोगी देखि व्यक्तिगत महत्वाकांक्षा भएका व्यक्तिहरु पदमा आउने जाने गर्छन तर संस्थाले विधान, विधि र प्रक्रिया स्थापित गरेको अवस्थामा त्यस्ता व्यक्ति आउने जाने प्रक्रियामा पनि समुदाय जोडिरहेको हुन्छ ।

इतिहाँस तर्फ फर्कने हो भने अमेरिकामा लामो समय गैर आवासिय नेपाली अभियान डेलिगेट्स प्रथामा केन्द्रसंग आवद्ध रह्यो जसको परिणाम जस्केलाबाट नेतृत्व स्थापित भयो र आफू अनुकुल नभएका दिन नेतृत्व परिवर्तन भैरह्यो । अर्थात् विधि विधानका हिसावले एएनए जसरी दुई ध्रुवका मान्छेले पालै पालो लुटे तिनै अनुहारले आजका दिनसम्म यो अभियानमा विविध कारणले निरन्तरता पाइरहनुले पनि यो अभियान नेपाली अमेरिकनसंग जोडिन सकेन । सौभाग्य शिव कुमार राइको कार्यकालमा केन्द्रको लगातारको दवाव र राष्ट्रिय समन्वय परिषदको इच्छा शक्तिले एनआरएनए अमेरिका डेलिगेट्स प्रथाबाट नेपाली अमेरिकनको माझमा आइपुग्यो । धन्यवाद भन्नै पर्छ तत्कालिन केन्द्रिय अध्यक्ष जीवा लामिछानेको अथक प्रयास र शिव कुमार राइको कार्यसमितिलाई जसले एनआरएनए अमेरिका नेपाली अमेरिकनको माझमा लेरायो ।

नेपाली अमेरिकनको सहभागिता सहितको संस्थागत गैर आवासीय नेपाली अभियान २०१४ मा निर्वाचित खगेन्द्र जिसीको नेतृत्वले गर्यो त्यसका लागि जिसी र उनको कार्यसमिति धन्यबादको हकदार रहिरहने छ । दुर्भाग्य त्यो कार्यसमितिले ९ महिना मात्रै काम गर्ने अवसर पायो र समुदाय प्रति र समुदायको मुद्धामा कहिल्यै काम नगरेका चिकित्षक केशव पौडेल राजनीतिक पृष्टभूमिबाट यो अभियानमा विजयी भए । उनको मूलथलोको राजनीतिक प्रभाव र खर्चिलो र पेचिलो विजयमा खुसी हुन नसकेको अर्को समूह अदालत पुग्यो । तितो सत्य अदालत पुगेको समूहलाई उपयोग गरेर डेलिगेट्स प्रथामा अस्तित्वमा चलखेल गरिरहेको समूहले पौडेल समूहसंग मोल मोलाई सुरु गर्यो र पौडेल समूह डेलिगेट्स प्रथामा रमाउनेहरुसंग अप्राकृतिक सहवास गरेर समुदायको ससक्त उपस्थिति विरुद्ध निरन्तर प्रहर गर्न उद्धत रह्यो जसको परिणाम झन्डै १५० प्रतिनिधिले केन्द्रिय निर्वाचनमा हालेको मत मध्य अमेरिकाकै उम्मेदवार खगेन्द्र जिसीले ५० प्रतिशत मत समेत पाउन सकेनन । डेलिगेट्स प्रथामा रमाउनेहरु विजयी भए । डा. श्याम कार्की देखि प्रल्हाद केसीसम्म पद नभएका दिनदेखि यो अभियानमा कहीं कतै नदेखिनु नभेटिनु डेलिगेट्स प्रथामा रमाउनेहरुको असली अनुहार हो जुन अझै अमुक नाम र जातिको नाउँमा जिउँदो छ अमेरिकाको गैर आवासिय नेपाली अभियान माझ । यो डर लाग्दो भाइरस जाती, धर्म, सम्प्रदायको नाउँमा नेपाली अमेरिकन विभाजित गर्दै अझै केहि वर्ष अमेरिकामा नेपाली समुदाय माझ अस्तित्वमा रहने छ । यस्ता प्रविर्त्तिका मानिसहरुका लागि नाम र दाम दुवै दिन सफल भएको छ यो अभियान । यसकै निरन्तरता हो अघिल्लो साता आफ्नो पदिय दायित्व अधिकार क्षेत्र बाहिर गएर जारी गरिएको विज्ञप्ति ।

यस पटक नेपाली अमेरिकनको समृद्धिको साझा एजेन्डाअमेरिकी मुलधारमा आर्थिक, सांस्कृतिक, शैक्षिक र व्यापारिक समृद्धिका लागि सामाजिकिरणको मुद्धामा स्थानिय तहमा काम गरिरहेका जेदु पोखरेल, गौरी जोशी, तेम्बा शेर्पा जस्ता अनुहार उदाएको पटक्कै नरुचाउने अपराधिक पृष्ठभूमिका डेलिगेट्स प्रथामा रमाउनेहरुको जमात साम, दाम र दण्ड भेदबाट समेत पराजित महसुस गरेर आकांक्षी उम्मेदवार धम्क्याउने र तर्शाउने खेलमा लागेका छन् तर उनीहरुको पहिलो प्रयास असफल भएपछी उनीहरु अर्को किर्ते बाटोको खोजीमा छन् ।

यसो त अमेरिकामा गैर आवासिय नेपाली अभियान नेपाली अमेरिकनको साझा मुद्धा अमेरिकी मुलधारमा आर्थिक, सांस्कृतिक, शैक्षिक र व्यापारिक समृद्धिका लागि सामाजिकिरण जस्तो विषयबाट धेरै पर रहेकोले पनि यो अभियान सदैव आलोचनाको सिकार बनेको हो । यस अघिका अध्यक्ष खगेन्द्र जिसीले यी र यस्ता समुदायको हितहुने मुद्धामा केहि गर्ने कोशिस गरेपनि त्यस पछि यो मुद्धालाई तिलान्जली दिएर मातृभूमि पुनर्निर्माणको भावनात्मक गफमा नेपाली अमेरिकन लुट्नेहरु हावी रहे । यस पटक नेपाली अमेरिकनको समृद्धिको साझा एजेन्डाअमेरिकी मुलधारमा आर्थिक, सांस्कृतिक, शैक्षिक र व्यापारिक समृद्धिका लागि सामाजिकिरणको मुद्धामा स्थानिय तहमा काम गरिरहेका जेदु पोखरेल, गौरी जोशी, तेम्बा शेर्पा जस्ता अनुहार उदाएको पटक्कै नरुचाउने पृष्ठभूमिका डेलिगेट्स प्रथामा रमाउनेहरुको जमात साम, दाम र दण्ड भेदबाट समेत पराजित महसुस गरेर आकांक्षी उम्मेदवार धम्क्याउने र तर्शाउने खेलमा लागेका छन् तर उनीहरुको पहिलो प्रयास असफल भएपछी उनीहरु अर्को किर्ते बाटोको खोजीमा छन् ।

सवैलाई जानकारी होस्, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा रहेको अभिलेख अनुसार एनआरएनए अमेरिकाको स्थापना २१ जनवरी २००६ मा भएको हो । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अभिलेख अनुसार शन २००६ मा डा अम्बिका अधिकारीको संयोजकत्व र सुमनराज तिमिल्सीना सहसंयोजक रहेको राष्ट्रिय समिति गठन भएको थियो जसलाई केन्द्रले राष्ट्रिय समन्वय परिषदको मान्यता दिएको थियो र जोशी उक्त राष्ट्रिय समितिको बोर्ड सदश्य रहेका थिए । यहाँ अर्को भ्रम छ कि जुडिसरि कमिटिको काम भनेको विधानको व्याख्या गर्ने हो वा विधान विपरित कार्यसमितिले विधान विपरित काम गरेमा विधानत कार्यसमितिलाई विधानको व्याख्या गरिदिने हो नकि निर्णय गर्ने । महत्वपुर्ण विषय भनेको संघको राष्ट्रिय समन्वय परिषद स्थानिय कानुनको परिधिमा रहेर संचालन हुने भएपनि अन्तराष्ट्रिय समन्वय परिषदको विधि र विधाननै अन्तिम मान्य निकाय हुने छ । रह्यो राष्ट्रिय समन्वय परिषदले हालै गरेको निर्णय जस्तो दोस्रो पटक सदस्यता विस्तार म्याद थप, टेक्सासमा भर्खरै सम्पन्न साधारण सभाले अर्थात् परिमार्जित विधान २०१७ ले निर्वाचन प्रक्रिया सुरु भैसकेको अवस्थामा सदस्यता विस्तारको म्याद थप्नु परेमा निर्वाचन आयोगले मात्र म्याद थप्न सक्ने स्पष्ट व्याख्या गरेको अवस्थामा कार्यसमितिले दोस्रो पटक थपेको म्याद आफैंमा अवैधानिक हुनेछ ।

यसो त अमेरिकामा गैर आवासिय नेपाली अभियान नेपाली अमेरिकनको साझा मुद्धा अमेरिकी मुलधारमा आर्थिक, सांस्कृतिक, शैक्षिक र व्यापारिक समृद्धिका लागि सामाजिकिरण जस्तो विषयबाट धेरै पर रहेकोले पनि यो अभियान सदैव आलोचनाको सिकार बनेको हो । यस अघिका अध्यक्ष खगेन्द्र जिसीले यी र यस्ता समुदायको हितहुने मुद्धामा केहि गर्ने कोशिस गरेपनि त्यस पछि यो मुद्धालाई तिलान्जली दिएर मातृभूमि पुनर्निर्माणको भावनात्मक गफमा नेपाली अमेरिकन लुट्नेहरु हावी रहे ।

अन्त्यमा गैरआवासिय नेपाली अभियानको सुरुवात २००३ देखि आवद्ध रहेको सदस्यका हैसियतले यो अभियानमा पद विनापनि निरन्तर यो अभियान मार्फत गैर आवासिय नेपाली र मातृभूमिको सेवामा समर्पित अनुहारहरु धेरै छन् जसलाई यो संस्थाको पद विनापनि मायाँ छ तर अमेरिकामा भने यो अभियान प्रतिको आकर्षण मात्र आइडेनटीटी क्राइसिसले ग्रस्त पद लोलुपहरुको झुण्डमा मात्र सिमित रह्यो यो नै नेपाली अमेरिकनको दुर्भाग्य हुन पुग्यो । सवैलाई जानकारी होस् जहाँ रहेपनि मान्छेमा राजनीतिक आस्था हुन्छ र त्यस्ता आस्थावानहरुले गैर आवासिय नेपाली अभियानमा आफ्नो आस्थाको टोपी फुकालेर आफुले सक्ने योगदान गर्न पाउछ । संघको केन्द्रिय विधानले समेत बन्देज नलगाएको यस्ता विषयमा अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा बसेर उत्तर कोरिया र चीनको गित गाउनेहरुको विष वमन अति भयो । हो अमेरिकामा नेपाली अमेरिकनको आस्था प्रजातन्त्र प्रति छ र यो संख्या तीन तिहाई भन्दा वढी छ । साथी बहुमतलाई कदर गर्ने आदतको विकास पनि गर्नु पर्यो । ह्युगो चावेजको गित गाएर चल्दैन र हुँदैन सामाजिक न्याय अमेरिकामा ।

वि.सं.२०७३ चैत १३ आइतवार ०३:५४ मा प्रकाशित

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...