back
CTIZAN AD

छ हजार नयाँ मतदाता थपिए

वि.सं.२०७९ साउन २८ शनिवार

687 

shares

राझाँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा छ हजार बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार ८ सय १७ जनाले फारम भरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट ३ लाख २९ हजार ४ सय ७३ जनाको मतदाता नामवली आयोगले सार्वजनिक गरेको थियो ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा छ हजार आठ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिए । उनका अनुसार गत असार १ गतेदेखि नयाँ मतदाता नामावली आवेदन दिनेका लागि फारम भर्न खुला गरिएको थियो । असारमा चार हजार चार सय ४३ र साउनको १९ गतेसम्म दुई हजार तीन सय ७४ ले मतदाता नामावलीका लागि आवेदन दिएका थिए ।

बाँकेमा इलाका प्रशासन कार्यालय कोहलपुर, जिल्ला निर्वाचन कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली आवेदन सङ्कलन गरिएको थियो । प्राप्त भएका आवेदनलाई सङ्कलन गरेर केन्द्रमा पठाउने तयारी भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले बताए ।

आवेदन दिएका सबैले अहिलेनै मतदाता नामावली पाउने निश्चित हुँदैन । कतिपयले १६ वर्षमा नागरिकता पाउने बित्तिकै मतदाता नामावलीको फारम भरेका हुन्छन् । उनीहरूले १८ वर्ष पुगेपछि मात्र मतदान गर्ने अधिकार प्राप्त गर्ने गर्दछन् ।

जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालयले राखेको मतदाता नामावली सङ्कलन केन्द्रमा नयाँ नागरिकता बनाउन आएका अधिकांशले आवेदन दिने गरेका थिए । निवेदन दिएकाको आवश्यक विवरण परीक्षण गरेर केन्द्रले मतदाता नामावलीको अन्तिम टुङ्गो लगाउने निर्वाचन कार्यालयका सूचना अधिकारी पन्तले बताए ।रासस

वि.सं.२०७९ साउन २८ शनिवार १२:१५ मा प्रकाशित

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...