back
CTIZAN AD

माओवादी केन्द्र चितवनद्वारा चुनावी अभियानलाई तिब्रता

वि.सं.२०७३ चैत १३ आइतवार

690 

shares

maobadi-kendra-chitwan

१३ चैत्र, भरतपुर । निर्वाचन आयोगले स्थानिय निर्वाचनको तयारी तिव्र पारेसँगै नेकपा माओवादी केन्द्र चितवनले पनि आफ्नो चुनावी तयारी तिव्र पार्दै लगेको छ । यस क्रममा माओवादी केन्द्रका केन्द्रीय नेता तथा स्थानिय नेता कार्यकर्ता संगठन सुदृढिकरण र घरदैलो कार्यक्रममा लागि परेका छन् । नेकपा एमाले र नेपाली काँग्रेस चितवनका टोलै पिच्छै फरक फरक मेयर र उपमेयर तथा वडाध्यक्षका उम्मेद्वारको नाम आइरहँदा माओवादी केन्द्र भने अन्तिम अवस्थामा नाम तय गर्ने, हाल पार्टीलाई नै जनतामा स्थापित गर्न कार्यकर्तालाई निर्देशन दिइरहेको थियो ।

यसबिच नव घोषित भरतपुर महानगरपालिकाको विभिन्न वडाहरुको वडा सम्मेलन सम्पन्न गर्दै चुनावि तयारीमा माओवादी केन्द्रीत भइरहेको माओवादी केन्द्रका नेताहरु बताउँछन् । सिंहदरवारको अधिकार गाउँ गाउँमा पुराउन प्रचण्ड नेतृत्वको सरकार सफल भएकाले सो कार्यन्वयनको लागि पनि माओवादी केन्द्रको सशक्त उपस्थिति स्थानिय संरचनामा हुनुपर्नेमा स्थानिय नेताहरुको जोड रहेको थियो ।

शनिवार सम्पन्न भरतपुर महानगरपालिका ४ नं वडा समितिको एकता भेलाले बलिभद्र कँडेलमा २५ सदस्यीय कमिटी निर्माण भएको छ । सो भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका पुराना नेता यदुमणी कँडेल मणिबाले माओवादी केन्द्र ४ नं वडाले ¥यालि सम्पन्न गर्दै भेला गर्दैगर्दा वर्गदुश्मन अत्तालिसकेको र आउँदै गरेको चुनावमा सजिलैसँग माओवादी केन्द्रले जित हुने दावि गरे । भरतपुर वडा नं १० को एकता सम्मेलन पनि शनिवार भव्यताका साथ विरेन्द्र बहुमुखि क्याम्पस भरतपुरमा सम्पन्न भएको छ । सो भेलाले विश्वनाथ ओझाको अध्यक्षतामा वडा समिति निर्माण गरेको छ ।

यसबिच भरतपुर महानगरपालिका वडा नं २ नेकपा माओवादी केन्द्र को वडा सम्मेलन तथा वाइसिएल नेपालको वडा सम्मेलन नेकपा माओवादी केन्द्रका स्थायि कमिटि सदस्य सुर्यप्रकाश सुवेदी पथिकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । यसका साथै माओवादी केन्द्रको एकै दिन ९ वटा वडा भेला तथा सम्मेलन सम्पन्न भएको छ । चुनावि अभियान तिव्रतासँग माओवादी केन्द्रका जिल्ला तथा केन्द्रिय नेताहरुलाई आधिकारी उम्मेद्वार तय गर्न दबाब परिरहेको छ । नेताहरु पार्टिले छिट्टै नै उपयुक्त पात्र उम्मेदवारको रुपमा तय हुने जानकारी भेलामा गराइरहेका छन् । माओवादी केन्द्रका जिल्ला इन्चार्ज इश्वरी भट्टराई, सह इन्चार्ज ज्ञानु बस्नेत आकांक्षा, घनश्याम दाहाल अविनाश लगायतका सम्पुर्ण नेता कार्यकर्ता चुनावी अभियानमा सकृयता पुर्व लागिरहेका छन् ।

वि.सं.२०७३ चैत १३ आइतवार ०५:०८ मा प्रकाशित

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...