Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा नेपाली चलचित्र महोत्सवको तयारी भब्य



nepal-america-international-film-festival-1-800x434

वासिङ्गटन डिसी, मार्च २५, अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । झन्डै १ महिना १० दिन पछि आयोजना हुने उक्त उत्सव ३ दिन सम्म चल्ने छ । आयोजक समिति उत्सव तयारीमा अहोरात्र खटिई रहेका छन् भने यस भेकका सबै नेपाली समुदायलाई आयोजक ले सहयोग गर्न आव्हान गरेका छन् ।

महोत्सव आगामी मे महिनाको ५ देखि ७ तारिख सम्म चल्ने नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष एवं महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिएका छन्त ।यारी जोड्तोड़का साथ चलिरहेको र आयोजकले कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति सम्बन्धि साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्यले महोत्सव आयोजना गर्न लागिएको बराइलीले बताएका छन् ।

नेपाल र अमेरिकाको कला, संस्कृति र ज्ञानलाई चलचित्रको माध्यमबाट जोड्ने लक्ष्यका साथ स्थापित नेपाल अमेरिका फिल्म सोसाइटीले अमेरिकामा पहिलो पटक यस्तो महोत्सव आयोजना गर्न लागेकोले आयोजक समिति उत्साहित भएका छन्
महोत्सवमा मूलतः नेपालका फिचर फिल्म,वृत्तचित्र, छोटा चलचित्र, एनिमेशन (सजीवता) का साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने छ । उत्सवमा नेपाल बाहेक दक्षिण एसिया, अमेरिका सहित विश्वभरि बनेका चलचित्रहरु समेत यस महोत्सवमा समावेश गरिने छ ।

चलचित्र प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्र निर्मातारनिर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने भएको छ । महोत्सवमा नेपाली डायस्पोरा र चलचित्र जस्ता विभिन्न विधामा विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुने छ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।

सोसाइटीले चलचित्र प्रदर्शनीका साथसाथै अप्रवासी समुदायलाई लक्षित गरी चलचित्रसम्बन्धी तालिम कार्यशाला, कला संस्कृतिबारे छलफल र चलचित्र महोत्सवजस्ता गतिविधिहरु सञ्चालन पनि सुरु गरेको महोत्सव निर्देशक पूर्णसिंह बराइलीले बताए ।

महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तिहरु, नेपाल लगायत विभिन्न देशका चलचित्रसम्बन्धी संघसंस्था र महोत्सवहरुसँगको सहकार्यमा आयोजना गरिने छ ।

महोत्सवमा सहभागिताका लागि नेपाली र आप्रवासी चलचित्रकर्मी लगायत विश्वभरिका सम्पूर्ण चलचित्रकर्मीहरुलाई आफ्ना चलचित्र पठाउन समेत आयोजक संस्थाले अनुरोध गरेको छ । महोत्सवका निर्देशक बराईलीले डीसी क्षेत्र स्थापित तथा समुदायमा राम्रो काम गरि रहेको गैर मुनाफा सामाजिक संस्था नासो कम्युनिटी पनि आयोजक मध्ये कै प्रमुख साझेदार आयोजकमा रहने भएको बताएका छन् ।

विस्तृत जानकारीका लागि यो इमेलमार्फत सम्पर्क गर्न सकिनेछ : [email protected]


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

युके । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्चको

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै उम्मेदवारी घोषणाको क्रम पनि सुरु भएको छ

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्