back
CTIZAN AD

लघुकथा : कालो अक्षर

वि.सं.२०७९ भदौ ४ शनिवार

726 

shares

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा

हरिबोल आफ्नू पहिलो पुस्तक प्रकाशित भएकोमा दङ्गदास थियो । भव्य कार्यक्रम गरेर बरिष्ठ साहित्यकारहरुको भीडमा सानदार विमोचन गरायो ।

प्रकाशित पुस्तक विभिन्न पुस्तक पसलहरुमा पठायो । तीन महिनापछि बिक्रीको अवस्था बुझ्न गयो । एउटा पनि किताब बिक्री नभएको सूचना प्राप्त गर्यो ।

हरिबोल झोलामा किताब हालेर साहित्यकारको ढोकाढोका धाउन थाल्यो । बरिष्ठ, कनिष्ठ साहित्यकार र नेताहरूको हातमा पुस्तक दिंदैगरेका तस्बिरहरुले सञ्जालको भित्तो भरियो ।

यसैक्रममा एकदिन सडकको किनारमा हिंडिरहेको बेला एकजना कवि जस्ता मानिस बाटोको किनारमा बसिरहेको देख्यो । हरिबोलले ती मानिसलाई पनि पुस्तक थमाउने सोच्यो ।

हरिबोलले बोल्ने औपचारिकता पूरा गरेपछि आफ्नू पुस्तक ती मानिसको हातमा राखिदियो ।
पुस्तक दिंदै गरेको सेल्फि लियो ।

पुस्तक लिने व्यक्ति पुस्तक दिनेको मुखमा ट्वाल्ल परेर हेरिरह्यो ।

एकछिनपछि हरिबोलले सोध्यो ।

‘के हेर्नू भएको,यो मैले लेखेको चर्चित पुस्तक हो । नपत्याए सामाजिक सञ्जालमा नियाल्नोस् त । तपाईंले पनि मेरो पुस्तक पढेर सामाजिक सञ्जालमा प्रतिक्रिया पोस्ट गरिदिनु होला ।’

पुस्तक लिनेको ओठमा अनौठो मुस्कान फुट्यो । उनले विस्तारै भने ।

‘म औंठाछाप मानिसले कसरी पढ्नु र बुझ्नु । कालो अक्षर भैंसी बराबर ।’

चर्चित लेखक दायाँबायाँ चियाउँदै हतार–हतार त्यहाँबाट सुइँकुच्चा ठोक्यो ।

वि.सं.२०७९ भदौ ४ शनिवार ०८:१० मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...