back
CTIZAN AD

गोलाप्रथामार्फत धौलागिरि लघुवित्तको आईपिओ बाँडफाँट

वि.सं.२०७९ भदौ ८ बुधवार

909 

shares

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धक कार्यालयका अनुसार शेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार ९ सय २९ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यस्तै उल्लेखित निष्कासित शेयरमा बाँडफाँटबाट बाँकी पाँच कित्ता शेयर गोलाप्रथाबाट थप पाँच जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत साउन २४ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आइपिओमा कूल १८ लाख ६४ हजार छ सय ४० योग्य आवेदकबाट दुई करोड चार लाख ७५ हजार नौ सय ८० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । कूल आवेदकमध्ये एक हजार दुई सय ८६ को १४ हजार एक सय ४० कित्ता शेयर खरिदको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले आफ्नो कूल जारी पुँजी (१० लाख ३१ हजार कित्ता शेयर)को ०.५ प्रतिशतअर्थात् पाँच हजार एक सय ५५ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् १६ हजार पाँच सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २ सय ९५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो ।

आईपीओको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ कम्पनीको बेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

धौलागिरीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ भदौ ८ बुधवार १२:५२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...