back
CTIZAN AD

कविता : लिएर आउलान् कहिले राम

वि.सं.२०७९ भदौ १८ शनिवार

1.1K 

shares

भुपाल बहादुर अधिकारी
बिराटनगर –६ रामपुर

बढदैछ हेर, दानवता यहाँ, पशु नै बनेर
रित्तो नै जान्छौ, घाटमा आखिर, जानेछौ मरेर

बेच्दै छौ किन, मानवता तिमी, पसल नै थापेर
आमालाई बेच, बुबालाई बेच, पैसा नै सम्झेर

दुर्योधन रावण, घुमेका हेर, गल्ली र चोक चोकमा
द्रौपदी सीता, सुरक्षित छैनन्, अहिले यो लोकमा

माकुराको जस्तो, कुकर्मको यहाँ, जालो नै फिजाई
पखाल्दैछौ तिमी, ती पाप कर्म, गंगा नै नुहाई

बन्दैछौ कति, बलिका बोका, तन्काई त्यो घिच्रो
अन्याय बिरुद्ध, बोल्दछु म त,चाहे काट यो जिब्रो

मारेर हेर, तोड्दै छन यहाँ, सुन्दर फुलबारी
थुनेर बुद्ध, बोलायौ किन, खुंखार हतियारधारी

कुच्याउछौ कति, गरीबका लास, ढुंगाले हानेर
चितामा घ्यु,थप्दछौ तिमी, प्रेम नै ठानेर

देख्लान कहिले, उज्याला घाम, गाउँ र झुपडीले
लिएर आउलान्, कहिले राम, ती उल्टा खोपडीले

वि.सं.२०७९ भदौ १८ शनिवार ०८:३७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...