back
CTIZAN AD

सुसेली : महिला हिंसा र लैङ्गिक समानता

वि.सं.२०७९ भदौ १८ शनिवार

1.1K 

shares

रमा आचार्य, भरतपुर, चितवन 


शुभ भावना
नारी सुखी भएको
हेर्ने चाहना ।


नारी दिवश
मनाउन बाध्य छन्
भई विवश ।


हिंसा घरको
अन्त्य गर्दै जानु छ
शिक्षा बाँढ्नु छ ।


सानी चेलीको
धेरैं छ हो चित्कार
पीडा भारी भो ।


बलात्कारका
धेरै छन् नि घटना
नारी मारेका ।


नारी भएरै
हाँस्न बोल्न गार्हो छ
मन खोलेरै ।


पिडा कति नि
लुकाउन बाध्य छन्
आफू लुटे नि ।


रूप धेरै छन्
सम्पूर्ण महिलाका
ब्यथा धेरैं छन्।


चेली करणी
उत्तेजना अज्ञान
भाछ मरणी ।

१०
यौन शोषण
आफ्नै हाड नातामा
बाध्य सहन ।

वि.सं.२०७९ भदौ १८ शनिवार ०८:३७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...