back
CTIZAN AD

छन्द कविता : दुखेसो

वि.सं.२०७९ भदौ १८ शनिवार

975 

shares

दीनानाथ पोख्रेल, इलाम

लुला हातगोडा बढे कष्ट धेर ।
बुढ्यौली उदाई गलायो जमेर ।।
बितेका कुराको गथासो छ बाँकी ।
बुढ्यौली व्यथाको रडाको छ ताँती ।।०१।।

घुमी फेरि आओस् मीठो बाल्यकाल ।
उखेली हटाओस् कडा यो बिहाल ।।
लुलो भो हियाको क्रियाको विचार ।
यही भावनाले बढायो विकार ।।०२।।

सबै विश्व डुल्थेँ थियो साथ शक्ति ।
गयो दूर भागी फिरोस् गर्छु भक्ति ।।
लट्याङ्ग्रो छ बोली झरे पूर्ण दाँत ।
खुसी फिर्न सक्ने कुनै छैन छाँट ।।०३।।

घट्यो चेत ऊर्जा छ निम्जो शरीर ।
सधैँ दुख्छ माथा हुँदै हुन्न धीर ।।
गए दूर सर्दै सबै व्यक्ति आफ्ना ।
कहाँ शक्ति बढ्थ्यो?कडा हुन्छ खाना ।।०४।।

न छोरा न छोरी सबै दूरमा छन् ।
म सम्झूँ बितेको झनै कष्ट जाग्छन् ।।
उठी कर्म बाटो बढाऊँ बिचारेँ ।
सबै अङ्ग गल्दै थलामै पछारे ।।०५।।

नहोस् जे म भन्थेँ त्यही साथ आयो ।
सधैँ टोक्छ चिन्ता थलामै रुवायो ।।
बुहारी र छोरा खुले प्रेमसाथ ।
खुसी चेत लिन्थ्यो हटाएर ताप ।।०६।।

बुबाले सबैमा खुसी योग्य भर्थे ।
सबै विश्व बुझ्ने निको ज्ञान छर्थे ।।
चिनून् दिव्य आमा खुसीकी पुजारी ।
खुसीमा म राखूँ सबै यो विचारी ।।०७।।

छन्द – भुजङ्गप्रयात

वि.सं.२०७९ भदौ १८ शनिवार ०८:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...