back
CTIZAN AD

लघुकथा : धुन्नकारी

वि.सं.२०७९ भदौ १८ शनिवार

1.1K 

shares

डा. विदुर चालिसे, काठमाडौं

देशमा भ्रष्टाचार बढेको थियो । रोजगारी थिएन । बजार भाउ भसक्कै बढेको थियो । महङ्गीले जीवन धान्न सकिने अवस्था थिएन । एक नागाले भक्तहरूसँग अनुनय विनय गर्दै निर्णय लिएर भने ।

‘बुझ्नु भयो नि ? आजसम्म चपरीमुनीको बास थियो । अब हस्तिनापुरको राज चलाउँछु !’

नागाको उत्साह देखेर सबै भक्तजनहरू हौसिए । सबैको दिन फिर्ने भयो । भोका नाङ्गाहरू तङ्ग्रिने भए । अधर्मको युग एवं अत्याचार समाप्त हुने भयो । भक्तहरूले सोधे ।

‘बाबा ! कुन पार्टीबाट चुनाव लड्ने ?’

‘जोरपाटीबाट !’

‘जोरपाटीबाट चुनाव लडेर नि जितिन्छ त ?’

‘के गर्नु त ! एकल पार्टीबाट लडे हारिन्छ त, अनि ?’

बाबाले रापिलो आगोको धुनीमा चिम्टा गाडे । नजिकै त्रिशुल थियो । त्रिशुलमा जल छर्के । उँधोमुन्टो लगाएर लामो कक्कड धूवाँ छोड्दै भने ।

‘जय शम्भो ! कैलाशपति महादेवको जय !’

बाटोमा एकोहोरो शङ्ख फुकेर एकहुल मान्छे नारा लगाउँदै आए । उनीहरूले नारामा फलाकिरहेका थिए ।
‘हाम्रो स्याउ उम्मेदवार जिन्दावाद !’

नागाले आफ्नो अनुहार यसो छामे । उनको हातमा लट्टेदाह्रीमा लेसारिएको कालो खरानी टाँसिएर आयो । नागा मनमनै गम्न थाले ।

‘कस्तो झ्याउ ! सुकेको गालालाई मत ?’

एकछिन पछि अर्काे माइक बज्यो । माइकमा स्वस्ति वाचनको धुन बजिरहेको थियो । सबैका हात हातमा झण्डा थिए । नारा निकै सौम्य थियो । भीडको तुजुकका बीचमा एक स्वरमा नारा सँगै ट्याउ उम्मेदवारको भाषण घन्क्यो ।
‘अब कानुन बमोजिमको राज हुन्छ ।’

अर्काे कुनामा ढ्याउ उम्मेदवारले पनि ठुलै कोसेली दिइरहेका थिए । उनको मुल मन्त्र थियो ।
‘भ्रष्टाचारीलाई मृत्युदण्ड !’

छेउ कुनामा विरालो झैं लुसुक्क बसेका अर्का म्याउ उम्मेदवार थिए । उनले पार्टी र नेताको बखान गर्दै भने ।
‘यसपाली सरकार हाम्रै हो !’

नागालाई खपिनसक्नु भयो । उनले उम्मेदवारको सूचीमा हेर फेर गरे । आफ्नो हातमा भएको कक्कड फेरि ताने । उनलाई विरक्त लागेर आयो । भने ।

‘पागलहरूको खेती !’

भक्तजनहरू थपडी बजाइरहेका थिए । उनीहरूको आशातीत सपना धुनीको खरानीजस्तै डढिरहेको थियो । अमिलो वायुमा मिसिएको धुँवाँसँगै आँखा टट्टाइरहेको थियो । नागाले हातमा गाँजा मोल्दै भने ।
‘अब देश परिवर्तन गर्छु !’

भक्तहरू बँधिया गुलाम झैं आगो फुकिरहेका थिए । आगोमा धुँवा मडारिरहेको थियो । कसैले सोध्यो ।
‘देश कसरी परिवर्तन हुन्छ !’

‘चुड्कीको भरमा !’

दुईजना ठिटाहरू बाटोमा कुस्ताकुस्ती गरेर झगडा गरिरहेका थिए । एकले अर्काेलाई आरोप लगाइरहेको थियो ।
‘मासु भात तँ मात्रै खाने ? धुन्नकारी !’

वि.सं.२०७९ भदौ १८ शनिवार ०८:४१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...