दिनेशकुमार शर्मा
हेटौँडा – ४, मकवानपुर
१.
नेताका कुरा
सुन्दा चैं मिठा
नहुने पूरा
२.
मान्छेको गोलो
चुनाव आयो
पैसाको खोलो
३.
तिम्रो यो पारा
म कति झारौं
आंशुका धारा
४.
नबसौं भोको
कर्ममा लागौं
बोकेर डोको
५.
सुख त्यो भोग
दःूख हो के यो
मसँग सोध
६.
कति संयमी ?
असाध्य राम्री
मृगनयनी
७.
मान्छेको जात
दलित ठानी
खाएन भात
८.
कसरी हाँसौं
लुकाइ पिडा
कसरी बाँचौ ?
९.
तिम्रो त्यो बोली
सहनै गाह्रो
छुटेको गोली
१०.
के छ र वारि ?
पसिना बग्छ
सिमाना पारि ।
वि.सं.२०७९ भदौ १८ शनिवार ०८:४६ मा प्रकाशित






























