back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७९ भदौ १८ शनिवार

1K 

shares

जीविका अश्रु, गान्तोक, सिक्किम

न निन्द्राको न भोकको डर लाग्छ
बेसहारा जहाँ बस्यो त्यहीँ भर लाग्छ

बेहोस हुन्छन् अक्सर यहाँ नपिउनेहरू
जब ब्युँझिन्छन् मरुस्थलपनि सहर लाग्छ

कसैले दिएको पानीले ज्यान बाँचेको हो
कसैले दिएको त्यो पानीनै पनि तर लाग्छ

अप्ठ्यारो पर्दा नै हो आफन्तहरू चिनिने
गरिबीमा त एक मुठी पनि पसर लाग्छ

महल चाहिन्न बस् ओत लाग्ने छानो देऊ
जहाँ प्रेम हुन्छ नि ! मलाई सुन्दर घर लाग्छ

 

वि.सं.२०७९ भदौ १८ शनिवार ०८:४९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...