back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७९ भदौ १८ शनिवार

927 

shares

सावित्री गिरी
पोखरा –३२ , राजाको चौतारा

हारमा पनि जितको आभास पाउने गरेको छु
जलेको मनलाई आगोले निभाउँने गरेको छु !

नजिकैबाट नियाल्न मलाई सक्दैन नियतिले
भरिदा पनि सकिदा पनि रमाउने गरेको छु

जीवनको गति रोकिदो रैछ चल्नेहरुको पनि
मैले त चल्दै नचलि गुजारा चलाउने गरेको छु

प्यासी छन् बरु अञ्जुली भित्रै सागर खोज्नेहरु
म तिर्खा लाग्दा आफैले खोली धाउने गरेको छु

यसरी पनि बदनाम हुदैछ अचेल तिम्रो गल्ली
रोज तिमीलाई भेट्न जाने र आउने गरेको छु ।

 

वि.सं.२०७९ भदौ १८ शनिवार ०८:५१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...