back
CTIZAN AD

गजल

वि.सं.२०७९ भदौ १८ शनिवार

1K 

shares

सुरेशकुमार पान्डे,दाङ

दूध शुद्ध चाहिन्छ गाई भैंशी पाल्दैनन् कसैले,
शुन्दर सफा घर चाह्यो फोहोर फाल्दैनन् कसैले ।

भन्छन सबैले महंगी र भ्रष्टचार बढ्यो देश भित्र,
तर देशमा सुब्यबस्थाकै कदम चाल्दैनन् कसैले ।

कस्ता दिन आए र सोंच पलायो मानिसहरूको,
अंध्यारो छ भन्छन एउटा दियो बाल्दैनन् कसैले ।

घर घरमै छन पार्टी बनेकाछन नेता आआफैमा,
सबै सुखभोगी दुःखको बाटो अगाल्दैनन् कसैले ।

गरिबको राज आएन भनी फुटेकाछन आपसमा,
तर पनि सच्चा बर्गशंघर्ष कत्ती थाल्दैनन् कसैले ।

धेरै जसो बिकाउ भए पेसाको लागि बने पेसेवर,
इमान्दार हराउँदै गए नेतृत्वनै समाल्दैनन् कसैले ।

 

वि.सं.२०७९ भदौ १८ शनिवार ०८:५७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...