back
CTIZAN AD

के हो एनआरएनएको लोगो विवाद ?

वि.सं.२०७९ भदौ २१ मंगलवार

828 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला लोगो विवादमा तानिएको छ ।

अमेरिकामा रहेका माधव मरासिनीले गैरआवासीय नेपाली संघले आफ्नो लोगो चोरेको आरोप लगाउँदै आएका छन् ।
उनले एनआरएनए–‘नन् रेसिडेन्ट नेपाली एसोसियशन’ नामक संस्था र त्यसको लोगो आफुले अमेरिकी कानुन अनुसार अमेरिकामा दर्ता गरेको अवस्थामा उक्त लोगोलाई गैरआवासीय नेपाली संघले आफ्नो भनेर प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

यस विषयमा एनआरएनए आइसीसी सदस्य अमेरिकाका प्रमोद सिटौलाले मरासिनीले एनआरएनएको लोगो अमेरिकामा दर्ता गरिएको निवेदन आइसीसीमा दिइसकेको र आइसीसीले संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा लोगोको आधिकारिकताका बारेमा छलफल तथा निष्कर्षका लागि समिति बनाएको तथा आइसीसीले यसबारेमा प्रक्रिया थालेको जानकारी दिएका छन् ।

त्यसैगरी मे २०२२ मा संघका अधिकृत कुनाल मिश्र र माधव मरासिनीको नाममा एक सम्झौता भएको पत्र बाहिरीएको छ । उक्त पाँचवुँदे सम्झौता पत्रमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन अन्तराष्ट्रिय तदर्थ समिति हाल माधव मरासिनीको नाममा अमेरिकामा दर्ता रहेकोमा सो समिति तत्काल कानुन बमोजिम बन्द गर्ने सहमति भएको छ ।
त्यसैगरी नन् रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्नियाका प्रेसिडेन्ट माधव मरासिनीको नाममा ट्रेडमार्क दर्ता रहेको एनआरएनए ट्रेडमार्क अंकित लोगोको स्वामित्व गैरआवासीय नेपाली संघलाई प्रक्रिया पुर्याएर हस्तान्तरण गर्ने र तत् पश्चात एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसियसनले कुनै दावी नगर्ने सहमित भएको सम्झौता पत्रको दोस्रो बुँदामा उल्लेखछ ।

तर सो सम्झौता पत्रको पाँच महिनापछि मरासिनीले उक्त लोगो आफ्नो संस्थाको रहेको र एनआरएनएले आफ्नो लोगो अनाधिकृतरुपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन् ।

यसबारेमा संसारन्युजको प्रश्नमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले यसबारेमा आफ्नो कुनै कमेन्ट नभएको बताएका छन् भने युकेमा रहेका उपाध्यक्ष हेमराज शर्माले पनि यो सम्झौता भएको कुरामा आफु जानकार रहेपनि त्यसपछिका प्रक्रिया आफुलाई थाहा नभएको जानकारी दिएका छन् ।

यस विषयमा संघका महासचिव गौरीराज जोशीसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

संस्था दर्ता गरेर मात्र हुँदैन-मरासिनी


यस विषयमा माधव मरासिनीले संस्था दर्ता गरेरमात्र नहुने बताएका छन् ।

‘संस्था स्थापना हुँदाको लोगो कुन हो ? संस्था दर्ता गरेर मात्र भएन ट्रेडमार्क हाम्रो संस्थाको हो ।’मरासिनीले भने ।

मरासिनीले गैरआवासीय नेपाली संघले यसअघि एनआरएन मात्र लेखिएको लोगो प्रयोग गर्दै आएकोमा केही वर्षयता एनआरएनए लेखेको आफ्नो लोगो प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् ।

 

वि.सं.२०७९ भदौ २१ मंगलवार १४:२६ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...