back
CTIZAN AD

नर्वेमा कलाकारहरुका साथ तीज बिशेष ‘सांस्कृतिक साँझ’ सम्पन्न

वि.सं.२०७९ भदौ २१ मंगलवार

1.1K 

shares

प्रेम परियार, नर्वे । नेपाली पोर्चुगीज समाज नर्वेको आयोजना र गुरुङ के.एन.एस.ईन्टरटेन्मेन्टको संयोजनमा नर्वेका नेपालीहरुले कलाकारहरुसँगै तीज मनाएका छन् ।

नर्वेको राजधानी ओस्लोस्थित कसमोपोलिटेको हलमा आयोजित हरितालिका तीज बिशेष ‘सांस्कृतिक साँझ’ सम्पन्न भएको हो ।

संसारको जुनसुकै भू–भागमा रहेता पनि नेपाली पहिचान, नेपाली कला र संस्कृति जोगाउनु सबै नेपालीको दायित्व र कर्तव्य सम्झी यसवर्ष एःइ नर्वेमा रहेका नेपालीहरु लाई समेट्दै सदाका वर्षहरुमा जस्तै यो वर्ष पनि सामूहिकरूपमा तीज विशेष कार्यक्रम गरिएको हो ।

यसवर्ष नेपालबाट चर्चित कलाकारहरु काली प्रसाद बास्कोटा र तृष्णा गुरुङका साथ स्थानीय कलाकार बिष्णु क्षेत्री, बाल कलाकार विद्या क्षेत्रीको सारंगीको धूनले दर्शकहरुलाई मनोरन्जन दिएका थिए । साथै इमान मगरले कमेडी नृत्य गरेका थिए ।

आयोजक संघको तर्फबाट कार्यक्रममा उपस्थितलाई संस्थाका उपाध्यक्ष राम गुरुंङको स्वागत, महासचिव ईश्वरी प्रसाद खनालको कार्यक्रम संचालन तथा कार्यक्रमको संयोजन किरण गुरुंङले गरेका थिए ।

गुरुंङले महिला दिदी बैनीहरुलाई हरितालिका तीजको विशेष महत्व बारे प्रकाश पार्दै उपस्थित दर्शकलाई तीजको शुभकामना मन्तव्य दिएका थिए ।

नर्वेमा स्थापित विभिन्न नेपाली संघसंस्था र नेपाली समुदायबीच कला संस्कृतीको माध्यमद्वारा भाईचाराको सम्बन्ध बढाउँदै लैजाने उद्धेश्यले स्थापित राजनीतिकबाट अलग बिसुद्व सामाजिक संस्था नेपोसले विदेशमा रहेर पनि आफनो नेपाली कला संस्कृतिलाई जीवन्त राख्न विगत नौं वर्षदेखि तीजका अवुसरमा दाजÞुभाईले दीदी वहिनीहरुलाई दर खुवाऊदै आएको छ ।

जसले गर्दा नेपाली समाजमा आपसी सद्भावको विकास हुने बिगतका विभिन्न चरणमा गरिएका कार्यक्रमले पोर्चुगीजÞ समाज मात्र नभै सबै नेपालीहरुको साझा संस्थागत रूपमा विकास हूँदै गएको सामाजिक अभियन्ता, संस्थाका अग्रज र पदाधिकारीको दाबी रहेको संघले जनाएको छ ।

कार्यक्रममा गायिका तृष्णा गुरुंङ तथा सांगितीक क्षेत्रमा निर्णायक भूमिका निर्वाह गर्दै आएका बरिष्ठ कलाकार काली प्रसाद बास्कोटाको बेजोड़ प्रस्तुति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा ब्यबस्थित गर्न खटिएका स्वयं सेवक स्थानीय कलाकार र नेपाल बाट आएका कलाकारद्वय बास्कोटा र गुङलाई प्रमुख अतिथि एनआरएनए अध्यक्ष जीवन बहादुर (प्रबिन)शाही र नेपोस अध्यक्ष नारायण सिंह थापाले मायाको चिनोका साथ प्रमाणपत्र बितरण गरेका थिए भने एनआरएनए नर्वेका तर्फबाट उपाध्यक्ष नवराज (राजन) अधिकारीले सम्मान गरेका थिए ।

अन्त्यमा नेपोसका अध्यक्ष थापाले कार्यक्रम भव्य सभ्य बनाई सफल बनाउन भूमिका खेल्ने सबैमा आभार व्यक्त गरेका थिए ।

वि.सं.२०७९ भदौ २१ मंगलवार १६:०४ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...