back
CTIZAN AD

कांग्रेस ८० सीट वरपर मान्न तयार छ ? प्रचण्डको दाबीप्रति कांग्रेसको जवाफ यस्तो

वि.सं.२०७९ भदौ २१ मंगलवार

846 

shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका सत्ता गठबन्धनका दलहरुबीच सीट बाँडफाँटको विषय अझैसम्म पनि टुंगीएको छैन् । तर, पछिल्ला बैठकहरु सकारात्मक दिशातिर गएको नेताहरुको दाबी छ ।

मंगलबार धनगढी पुगेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिट बाँडफाँटमा मोटामोटी सहमति भइसकेको बताएका छन् । उनले नेपाली कांग्रेस ८० सीट वरपर सहमत भएको पनि बताएका छन् । उनका अनुसार माओवादी केन्द्रले ६० सीटसम्म पाउन सक्छ ।

तर, प्रचण्डको अभिव्यक्तिलाई कांग्रेसले भने सही नभएको बताएको छ । कांग्रेस प्रवक्ताले प्रचण्डको अभिव्यक्ति प्रस्तावमात्रै भएको बताएका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलले भनेका छन्, “त्यो उहाँ (प्रचण्ड)को प्रस्ताव हो । हामीले परिणामकेन्द्रीत भएर बाँडफाँट गरौं भनिरहेका छौं तर, टुंगीएको छैन”, उनले भनेका छन् ।

उनले दलहरु लचिलो भने हुनुपर्ने बताए । “हामी दिल फुकाउन तयार छौँ तर, त्यो मत आधारसँग मिल्दो पनि त हुनु पर्‍यो”, उनले भनेका छन् ।

१६५ सीटमा कसको दाबी कति ?

दलहरुबीच एकातिर बाँडफाँटको मोडालिटीमा सहमति छैन भने अर्कोतिर सिट संख्यामा पूर्ववत् अडान कायमै छ । १६५ सिटमा दलहरुको दाबी संख्या भने २ सयभन्दा बढी छ । गठबन्धनमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चा २ सिटमा दाबी प्रस्तुत गरेका छन् । यसमा सबै दल लचिलो नभएसम्म बाँडफाँट टुंगीने अवस्था छैन ।

गत बिहीबार बसेको गठबन्धनको बैठकमा दलहरुबीच कांग्रेसले ८५–९०, माओवादीले ४५–५०, एकीकृत समाजवादीले १८–२०, जसपाले १५–१८ सिट लिनुपर्ने छलफल भएको थियो । तर, निष्कर्ष भने निस्कन सकेको छैन ।

वि.सं.२०७९ भदौ २१ मंगलवार १६:०४ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...