back
CTIZAN AD

उच्च अंकले घट्यो नेप्से

वि.सं.२०७९ भदौ २१ मंगलवार

954 

shares

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन आज नेप्से परिसुचक २१ दशमलव १६ अंकले घटेर १९५१ दशमलव ८४ विन्दुमा थामिएको छ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ स्टकको २४ हजार ६२२ पटकको कारोबारमा १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य ९.६८ प्रतिशत अर्थात ९२ रुपैयाँ बढेर १ हजार ४२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। अन्य स्टकको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन मात्र नगद लाभांश वितरण गर्ने घोषणा गरेको सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन ७.३२ प्रतिशत घटेको छ। त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य यस दिन ६ प्रतिशत घटेको छ भने जोशी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी १२ उपसमूहको परिसूचक यस दिन ओरालो लागेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४० प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१२ प्रतिशत घटेको छ।

आज २२७ कम्पनीको १ अर्ब १९ करोड ७६ लाख ६१३ रुपैयाँ बराबरको ३२ लाख ९ हजार ९८३ कित्ता खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०७९ भदौ २१ मंगलवार १६:२८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...