back
CTIZAN AD

गठबन्धन किन आवश्यक ? मोहनविक्रम सिंहकाे तर्क यस्ताे

वि.सं.२०७९ भदौ २३ बिहीवार

789 

shares

धनगढी । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँचदलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताए ।

‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेका छन्,’ सिंहले भने, ‘हिन्दु राष्ट्र कायम गर्ने लाइनमा ओली गएका छन्, यसलाई परास्त गर्न पाँच दल मिल्नुको विकल्प छैन ।’

एमाले अध्यक्ष ओली राजावादीसँग मिलेर देशलाई हिन्दु राष्ट्र कायम गर्न तल्लीन रहेका सिंहको आरोप छ । त्यसका लागि ओलीले भारतसँग समेत गहिरो साँठगाँठ गरेको उनले बताए । ‘सामन्त गोयलसँग गोप्य भेटघाट गरेर अ‍ोलीले हिन्दुको मुद्दामा सहमति गरेका थिए,’ सिंहले भने, ‘त्यसको उदाहरण पशुपतिमा ओलीले दिएको जलहरी र चितवनमा राममन्दिर बनाउनु हुन् ।’

नेकपाको द्वन्द्व मिलाउन नसकेर संसद् विघटन गर्नु ओलीको अर्को प्रतिगमन भएको उनको भनाइ छ । अल्पमतमा परेपछि राजीनामा दिएर जनस्तरमा आफ्नो प्रभाव बढाउन छाडेर ओलीले कुर्चीमा रहिरहनका लागि दुई दुई पटक संसद विघटन गरेको उनले बताए । ओलीको सोही कदमका कारण पाँचदलीय गठबन्धन बनेको बताउँदै महामन्त्री सिंहले यो गठबन्धन लक्ष्य सम्म पुग्नुपर्ने बताए ।

अहिलेको पाँचदलीय गठबन्धन भारतको इसारामा नभई देशको आवश्यकताका आधारमा बनको उनले बताए । तर गठबन्धन सरकारले गरेका कतिपय गलत निर्णमा भने जनमोर्चा र मसालले सहमति नजनाएको उनले बताए । ‘एमसीसी, नागरिकता विधेक जस्ता केही गलत निर्णय यो सरकारले गरेको छ,’ सिंहले भने, ‘त्यसमा हामीले सहमति गरेका छैनौं, त्यसको विरोधमा हामी जनतासामु गएका छौं ।’

गठबन्धनमा सिट बाँडफाँडको मुद्दा पेचिलो बनेकोप्रति उनले असतुष्टि व्यक्त गरे । ‘पाँच दलले यसअघि जितेका स्थानलाई यथावत राखेर एमालेले जितेका स्थानमा भागबण्डा गर्ने हाम्रो सहमति हो,’ सिंहले भने, ‘तर अहिले ठूला दल त्यस विपरीत बढी सिटमा दाबी गरिरहेका छन्, यसले केही समस्या निम्त्याउन सक्दछ ।’ राष्ट्रिय जनमोर्चाले प्युठान र बागलुङमा आफ्नो दाबी गरेको उनले बताए ।

वि.सं.२०७९ भदौ २३ बिहीवार १२:५२ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...