back
CTIZAN AD

नक्सा पास नभै बनेका घरहरुलाई कामनपाको ९० दिने सूचना, नमाने कारवाही गरिने

वि.सं.२०७९ भदौ २३ बिहीवार

1.5K 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गर्न निर्देशन दिएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले नक्सा पास नगरी बनाइएका भवनका लागि ९० दिन र पर्खालका लागि ३५ दिनभित्र पास गर्न महानगरले निर्देशन दिएको हो ।

महानगरद्वारा जारी सूचनामा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भए पनि भवनको नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको त्यस्ता भवनको नक्सा ९० दिनभित्र पास गर्न भनिएको छ । महानगरको सहरी व्यवस्थापन विभागले तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण सङ्कलन गरी स्थानीय सरकार ऐन २०७४ र प्रचलित भवन निर्माण मापदण्ड, संहिता, कार्यविधि र कार्यालयको निर्णय बमोजिम कारबाही गरिने जनाएको छ ।

यसैगरी, काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन विभागले सीमा पर्खाल नियमित गर्ने तथा अनधिकृत सीमा पर्खाल हटाउन पनि ३५ दिने सूचना जारी गरेको छ । महानगरले यस्ता पर्खालको नक्सा आजको मितिले ३५ दिनभित्र पास गर्न भनेको छ । सूचनामा प्रचलित मापदण्ड अनुकुल भएका तर नक्सा पास नगरी निर्माण गरिएका सीमा पर्खाल नियमित गर्न प्रयोजनार्थ नक्सा पेस गर्न भनिएको छ ।

उल्लेखित ३५ दिनभित्रको समयसिमामा नियमित हुने प्रकृतिका सीमा पर्खालको हकमा नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाइएमा महानगरले भत्काउने उल्लेख छ ।

वि.सं.२०७९ भदौ २३ बिहीवार १३:४१ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...