back
CTIZAN AD

सय सिट भन्दा कममा सहमति गरे पार्टीभित्र विद्रोह हुन्छ–कोइराला

वि.सं.२०७९ भदौ २३ बिहीवार

1K 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसले सय सिट भन्दा कममा सहमति गरे विद्रोह हुनसक्ने बताएका छन् ।

बिपी जयन्तीको अवसरमा प्रेस युनियन केन्द्रीय समितिद्धारा जनकपुरमा आयोजित ‘बीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’ विषयक कार्यक्रममा नेता कोइरालाले सय भन्दा कम सिट लिएर चुनावमा जाँदा पार्टीमा विद्रोह हुन सक्ने बताएका हुन् ।

उनले स्थानीय निर्वाचनमा स्थानिय पालिकाहरुलाई कहाँ गठबन्धन गर्ने र नगर्ने भन्ने जिम्मा दिइए पनि अबको प्रतिनिधिसभा र प्रदेशशभाको निर्वाचनमा केन्द्रीय समितिले गठबन्धन गर्ने तर त्यो कांग्रेसले एकल बहुमत ल्याउन गर्ने र पाँचवर्ष स्थायी सरकार दिने भन्ने निर्णय गरेको बताए ।

‘बहुमत बनाउन कम्तिमा पनी सय सिट हामीले बनाउनु पर्यो । उहाँहरु सय सिट दिने पक्षमा हुनुहुन्न । १६५ सिटमै हामी उठ्यौं भने आकांक्षीहरु नपुग्ने अवस्था छ । त्यसमा पनि तालमेल गर्दा धेरै सिटहरु छोड्नुपर्ने हुन्छ । छोड्दाखेरी हाम्रो समानुपातिक भोट कम हुन सक्छ । त्यसले नेपाली कांग्रेसभित्र विग्रह र विरोध हुन सक्छ ।’

उनले यस विषयमा पटक–पटक केन्द्रीय नेतृत्वको अगाडि राखेका छौं । एक दुई दिनमा गठबन्धनले केही निर्णय गर्नैपर्ने बताउँदै नेपाली कांग्रेस यतिबेला अत्यन्तै अप्ठेरो अवस्थामा रहेको बताएका छन् ।

उनले गठबन्धन के हुन्छ भन्ने कुरा निर्वाचनपछि मात्रै थाहा हुने बताउँदै कुनैपनि दलसँग कांग्रेसको विचार र सिद्धान्त नमिल्ने बताए ।

‘त्यो माओवादी, एकिकृत समाजवादी, जसपा या राष्ट्रिय जनमोर्चा भन्नुस् यी चारवटा दलहरुसँग हाम्रो कुनै पनि किसीमको विचार र सिद्धान्त मिल्दैन । विचार सिद्धान्त नमिले पनि हामीले एमालेलाई परास्त गर्न गठबन्धन गर्यौ ।’ नेता कोइरालाले भने ।

वि.सं.२०७९ भदौ २३ बिहीवार १४:०६ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...